ad ad

कला


‘नेपाल फेसन फेस्टिभल’ सुरू

‘नेपाल फेसन फेस्टिभल’ सुरू

नेपालखबर
जेठ ११, २०८१ शुक्रबार १३:१५, काठमाडौँ

आजबाट फेसन नेटवर्क नेपालको आयोजनामा ‘नेपाल फेसन फेस्टिभल’ सुरू भएको छ।

बिहीबार साँझ एक कार्यक्रमबीच ललितपुर महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यलगायतले रिबन काटेर फेस्टिभलको उद्घाटन गरेका हुन्।

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेन जेठ १३ गतेसम्म हुने यो फेस्टिभललाई ‘दिगो फेसन, सौन्दर्य, जीवनशैली तथा कलाका लागि युवा र महिलाहरूलाई सशक्तिकरण’ भन्ने नाराका साथ आयोजना गरिएको छ।

उद्घाटन समारोहमा बोलै उप–प्रमुख शाक्यले यो फेस्टिभल आफैंमा उपलब्धिमूलक हुने भन्दै शुभकामना व्यक्त गरिन्। 

मेलामा प्रदर्शकको रुपमा सहभागी ८० भन्दा बढी उद्यमी–व्यवसायीहरुलाई सफलताको शुभकामना दिँदै नेपालमै बसेर केही गर्छु भन्ने हिम्मतका लागि स्यालुट गर्ने शाक्यले बताइन् । 

‘यो फेसनसँग सम्बन्धित कार्यक्रममा म अनुभवविहीन छु भन्ने लागेको थियो। तर यो कार्यक्रमको तयारी, उद्देश्य तथा प्रस्तुतीकरण देख्दा म कृतज्ञ भएँ। मलाई फेसन गर्न नआउने भए पनि मैले फेसन भनेको आफ्नै आत्मविश्वासको स्तर माथि पुर्याउनै शैली हो भन्ने बुझेकी छु। यो फेस्टिभलले जीवन शैलीका सबै पक्षहरु समेटेको पाउँदा खुसी लागेको छ।’

लामो समयको कठोर परिश्रमपछि नेपालमै पहिलो पटक एउटा भिन्नै प्रकारको फेस्टिभल आयोजना गर्न सफल फेसन नेटवर्क नेपालका संस्थापक निर्देशक प्रशान्त ताम्राकारले बताए। ताम्राकारले नेपालको फेसन जगतलाई फेसन उद्योगमा परिवर्तन गर्न, यो क्षेत्रमा आवद्ध भएका सम्पूर्ण व्यक्ति, संघ, संस्था, उद्यमीहरुलाई एकै ठाउँमा भेला पार्न, यो क्षेत्रमा भएका उपलब्धिहरुको बारेमा जानकारी गराउन तथा सरकारलाई नेपाल फेसन काउन्सिलको स्थापना गराउन माग गर्ने उदेश्यले यो महोत्सवको आयोजना गरिएको दाबी गरे।

‘नेपालको फेसन उद्योगका सबै सरोकारवालाहरूलाई सशक्तीकरण गर्ने, विकास गर्ने र उनीहरूलाई फस्टाउन सक्ने पारदर्शी र सहयोगी फेसन उद्योगको निर्माण गर्ने उद्देश्यले यो महोत्सव आयोजन गरिएको हो’, उनले भने।  

उद्घाटन समारोहमा तीन दिनसम्म चल्ने फेसन रनवेको समेत उद्घाटन गरिएको थियो।

उद्घाटन सिक्वेन्सको रुपमा बीआईए फाउण्डेसनका आठ जना व्यक्तिहरुले मोडलको रुपमा ह्विलचेयरमै र्‍याम्पमा उपस्थित भएर फेसन शो प्रस्तुत गरेका थिए। उनीहरुले पालै–पालो र्‍याम्पमा प्रस्तुत हुँदा दर्शकदीर्घाबाट तालीको गडगडाहट बजेको थियो।

नेपाल फेसन फेस्टिभलमा जेठ ११ देखि १३ गतेसम्म हरेक साँझ ६ बजेदेखि ७ बजेसम्म फेसन रनवे आयोजना गरिँदै छ। जहाँ दुई दर्जनभन्दा बढी मोडलहरुले फेस्टिभलमै आबद्ध भएका बुटिक तथा डिजाइनरले तयार पारेका पहिरनहरु प्रस्तुत गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .