ad ad

कला


विश्व बजारमा पुगेको उत्सव मनाउन पनि ‘गाउँ आएको बाटो’ हेर्नुपर्छ : दयाहाङ

विश्व बजारमा पुगेको उत्सव मनाउन पनि ‘गाउँ आएको बाटो’ हेर्नुपर्छ : दयाहाङ

नेपालखबर
जेठ ३, २०८१ बिहिबार ८:५६, काठमाडौँ

दयाहाङ राईको मुख्य भूमिका रहेको फिल्म ‘गाउँ आएको बाटो’ विश्व बजार घुमेर घरेलु दर्शकबीच जेठ २५ देखि प्रदर्शनमा आउँदै छ।

यसैबीच अभिनेता राईले नेपालखबरसँगको कुराकानीमा फेस्टिभल पुगेको फिल्म घरेलु बक्स अफिसमा चल्दैन भन्ने धारणा भ्रम मात्र रहेको बताएका छन्।

‘गाउँ आएको बाटो’को प्रसंग उठाउँदै अभिनेता राईले फेस्टिभल गएको फिल्म र घरेलु बजारको फिल्ममा त्यति भिन्नता नहुने उनको तर्क छ।

‘फेस्टिभल गएको फिल्मलाई अलिकति मज्जाले हेर्नुपर्छ भन्ने पनि भ्रम छ र फेस्टिभल नगएको फिल्मलाई पपकर्न खाएर सिध्याउनुपर्छ भनिन्छ। खासमा फेस्टिभल पुग्नु त हाम्रो फिल्म विश्व बजारमा पुगेको हो। त्यस्तो प्रतिस्पर्धा हुने ठाउँमा फिल्म छनोट भएको छ भने त्यो फिल्मको निर्माणमा केही दम छ भन्ने हुन्छ। त्यस्ता फिल्मलाई गम्भीर भएर हेर्नैपर्छ भन्ने होइन’, उनले भने।

टोरोन्टो, बुसानदेखि विश्वका प्रख्यात् फिल्म फेस्टिभल पुगेको फिल्म ‘गाउँ आएको बाटो’को यस किसिमको उपलब्धिको उत्सव मनाउन पनि दर्शकले फिल्म हेर्नुपर्ने दया बताउँछन्।

‘सयौँ फिल्मकर्मीको फिल्म छानिएको फेस्टिभलमा हाम्रो फिल्म छानिएको छ र त्यस्तो फिल्म घरेलु बजारमा प्रदर्शन हुँदै छ भने त्यस्तो फिल्म त हेर्नुपर्छ नि! चर्चित फेस्टिभल पुगेको फिल्मको उत्सव मनाउनका लागि पनि हेरिनुपर्छ’, उनले भने’, गाउँ आएको बाटो विश्वका चर्चित फेस्टिभल कसरी पुग्यो? त्यसमा निर्माण टिमको कस्तो मेहनत छ भन्ने बुझ्न पनि हेर्नुपर्छ। कुनै खेलकुद कतै छनोट हुँदा हामी निकै रमाउँछौँ, यो फिल्म त सेमिफाइनलमा पुगेको हो।’ 

‘गाउँ आएको बाटो’मा अभिनेता राईले माइलाको भूमिका निर्वाह गरेका छन्। यो एउटै चरित्रका लागि अहिलेका व्यस्त अभिनेता राईले ४ महिना छुट्याएका थिए। चोयाको काम गर्ने माइलाको जीवन, उसको परिवारमा बाटो आएसँगै के कस्ता परिवर्तन आउँछन् भन्ने कथा फिल्ममा समावेश छ। बुवा-छोराको सम्बन्धमा आधारित यो फिल्ममा माइलीको भूमिकामा पशुपति राई र बिन्द्रे चरित्रमा बाल कलाकार प्रसन राईको अभिनय छ । 

सामुदायिक लगानीमा बनेको यो फिल्मलाई अमेरिकन छायाँकार जोश हेरमले खिचेका हुन्। नवीन सुब्बाको निर्देशन, महेश राईको लेखनमा तयार भएको यो फिल्मका निर्माता अमोद राई हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .