कला


नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशीसँग हुनुपर्छ : हरिवंश आचार्य

नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशीसँग हुनुपर्छ : हरिवंश आचार्य

नेपालखबर
बैशाख २९, २०८१ शनिबार १७:३९, काठमाडौँ

अभिनेता हरिवंश आचार्यले नेपाली चलचित्रको प्रतिस्पर्धा विदेशी चलचित्रसँग हुनुपर्ने बताएका छन्। 

शनिबार चलचित्र महाजात्रा प्रदर्शनको ५१ औं दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले चलचित्र महाजात्रा दुई/तीन वटा हलमा सय दिनसम्म पनि चल्नसक्ने अनुमान गरे।

‘दुई तीन वटा हलमा त सय दिन पुग्छ होला पक्कै पनि। अहिले १३ वटा हलमा चलिरहेको छ। विस्तारै घट्दै घट्दै आउँछ। हामीले प्रतिस्पर्धा गर्ने अब विदेशी फिल्मसँग हो। विदेशी फिल्मसँग नेपाली फिल्मले प्रतिस्पर्धा गर्नुपर्छ,’ उनले भने।

उनले अहिले ५१ औं दिनसम्म पनि देशभरका १३ वटा सिनेमा हलमा चलचित्र प्रदर्शन भइरहेको बताए। नेपाली चलचित्रको प्रतिस्पर्धा स्वदेशीसँग नभइ विदेशी चलचित्रसँग हुनुपर्ने र अर्बौं खर्चिएर बनाएका चलचित्रलाई करोड खर्च गरेर बनाएका नेपाली चलचित्रले जित्नुपर्ने बताए।

 ‘उनीहरूले धेरै पैसा अर्बौं अर्ब खर्च गरेर बनाएका चलचित्रलाई हामीले करोड खर्च गरेर बनाएको चलचित्रले जित्नुपर्छ। हाम्रो मुख्य प्रतिस्पर्धा विदेशी चलचित्रसँग हो। स्वदेशी चलचित्रसँग हामी प्रतिस्पर्धा गर्नु हुँदैन। नेपाली चलचित्रको टिमले विदेशी चलचित्रको टिमलाई जित्नुपर्छ। दर्शकले जे पस्किएर दिएपनि खानुहुन्छ भन्ने सोच्नु हुँदैन। आफूले पनि मिठो चिज पकाएर पस्किनुपर्छ। दर्शकलाई राम्रो चिज चढाउन सक्नुपर्छ।’

अभिनेता आचार्यले दर्शकले जे पस्किएर दिएपनि खानुहुन्छ भन्ने सोचेर चलचित्र निर्माण गर्न नहुने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad