कला


रिहा भए राजेश पायल राई

रिहा भए राजेश पायल राई

नेपालखबर
चैत २२, २०८० बिहिबार १०:२१, काठमाडौँ

गायक राजेश पायल राई रिहा भएका छन्। 

मादक पदार्थ पिएर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई प्रहरीले ‘सचेत’ गराएर बिहीबार बिहान छाडेको हो।  

आइन्दा त्यस्तो गतिविधि नगर्ने सर्तमा गायक राईसहितलाई रिहा गरिएको बानेश्वर प्रहरी वृत्तले जानकारी दियो।

मदिरा पिएर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि प्रहरीले गायक राईसहितलाई अनामनगर क्षेत्रबाट गएराति पक्राउ गरेको थियो।

छुटेलगत्तै गायक राईले फेसबुकमा लेखेका छन्, ‘तपाईंहरूको इटहरी। भोलि भेट्ने हामी। चैत्र २३ योयो, दर्शन नमस्ते।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .