कला


रणवीर राम र साई पल्लवी सीता बनेको ‘रामायण’को सुटिङ सुरु

रणवीर राम र साई पल्लवी सीता बनेको ‘रामायण’को सुटिङ सुरु

नेपालखबर
चैत २२, २०८० बिहिबार ११:५६, काठमाडौँ

भारतीय फिल्म ‘रामायण’को सुटिङ सुरु भएको छ। नितेश तिवारीको निर्देशनमा बनिरहेको यस फिल्मको सुटिङ बुधबार सुरु भएको हो।

यस फिल्ममा रणवीर कपुर भगवान् राम र साई पल्लवी सीताको भूमिकामा देखिनेछिन्। साउथ सुपरस्टार यशले रावणको भूमिका निर्वाह गर्नेछन्।

फिल्मको सेटको एउटा तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। जसलाई अभिनेत्री आकृति सिंहले सेयर गरेकी छन्। चलचित्रको सेट बाहिरका दुई तस्बिर सेयर गर्दै अभिनेत्रीले लेखेकी छन्, ‘रामायण डे!’

आकृतिले सेयर गरेका तस्बिरमा सुटिङ सेट पूरै ढाकिएको छ तर, मन्दिरको पुराना स्तम्भ र संरचना देखिन्छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको फिल्म सिटीमा गुरुकुलको सेट तयार भइसकेको छ। जहाँ फिल्मको पहिलो सेड्युलमा राम, लक्ष्मण र भरतको बाल्यकालको भूमिका निर्वाह गरेका बाल कलाकारहरूले सुटिङ गरिरहेका छन्।

हालै फिल्म तयारीका क्रममा रणवीरका केही तस्बिर भाइरल भएका थिए। छिट्टै रणवीरले पनि फिल्मको सुटिङ सुरु गर्नेछन्।

यसमा अभिनेता सनी देओल भने हनुमानको भूमिकामा देखिनेछन्। यश भने २०२४ जुलाईमा फिल्मको सुटिङमा सहभागी हुनेछन्।

रामायणको पहिलो भाग सन् २०२५ मध्यतिर रिलिज गर्ने तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .