ad ad

कला


कंगनाको स्पष्टीकरण: ‘पोर्न स्टार’ आपत्तिजनक शब्द हो? सन्नी लियोनलाई सोध्नुस्

कंगनाको स्पष्टीकरण: ‘पोर्न स्टार’ आपत्तिजनक शब्द हो? सन्नी लियोनलाई सोध्नुस्

कंगना रनौत र सन्नी लियोन


नेपालखबर
चैत १५, २०८० बिहिबार १४:४८, काठमाडौँ

बलिउड अभिनेत्री तथा हिमाचल प्रदेशको मण्डीबाट भाजपा उम्मेदवार कंगना रनौतले सन् २०२० मा उर्मिला मातोन्डकरविरुद्ध गरेको टिप्पणीबारे अहिले स्पष्टीकरण दिएकी छन्। 

सन् २०२० मा टाइम्स नाउलाई दिएको अन्तर्वार्तामा कंगनाले उर्मिला अभिनयका लागि चिनिने नाम होइन, उनी सफ्ट पोर्न स्टार भएको टिप्पणी गरेकी थिइन्। 

अहिले उनले न्युज च्यानल टाइम्स नाउको समिट २०२४ मा बोल्दै भनिन्, ‘उर्मिला आफूलाई तन्दुरी मुर्गी, शीला की जवानी र आइटम गर्लका रूपमा चिनाउन सहज  मान्छिन् भने त्यो (सफ्ट पोर्न स्टार) किन होइन?’ 

कंगनाले अगाडि भनिन्, ‘मलाई बताउनुस् कि सफ्ट पोर्न वा पोर्न स्टार आपत्तिजनक शब्द हो? होइन। यो आपत्तिजनक शब्द होइन। यो केवल एउटा यस्तो शब्द हो, जुन सामाजिक रूपमा स्वीकार्य छैन। भारतमा पोर्न स्टारलाई कति समान्न गरिन्छ, सन्नी लियोनलाई सोध्नुहोस्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .