कला


‘काँचुली’को पोस्टर सार्वजनिक

‘काँचुली’को पोस्टर सार्वजनिक

नेपालखबर
असार १६, २०७६ सोमबार ७:३७,

बीजी बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुति रहेको नेपाली कथानक चलचित्र ‘काँचुली’को पहिलो पोस्टर सार्वजनिक भएको छ ।

 चलचित्र युनिटले आइतबार काठमाडौँको भद्रकाली मन्दिर परिसरमा अनाथ असहायलाई दही चिउरा बितरण गर्दै चलचित्रको पहिलो पोस्टर सार्वजनिक गरेको हो।

चलचित्रमा शुभेच्छा थापा, रविन श्री, सुभाष गजुरेल, शर्मिला शर्मा र राजन महर्जनको मुख्य भुमिका रहेको छ।

चलचित्रको छायाँकन सुशील डाँगी, द्वन्द्व देव महर्जन, नृत्य राजन महर्जन र दीलिप राई ,वितरण तिरुपती फिल्मसका लागि सरोज शर्मा र सुनिता भट्टराई, लेखनर निर्देशन शंकर अधिकारी घायलको रहेको छ।

 चलचित्रमा संगीत राजु लामा, राजेन्द्र बजगाईँ ,शंकर अधिकारी घायलको रहेको छ भने सपना श्री, नित्याशिवा, राजेन्द्र बजगार्इं र शम्भु रै का आवाज रहेको छ। यो फिल्म आउँदो साउन २४ गते रिलिज गरिने बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad