कला


‘हात्तीछाप’ को प्रिमियरमा कसले के भने?

‘हात्तीछाप’ को प्रिमियरमा कसले के भने?

नेपालखबर
माघ २४, २०८० बुधबार १३:३३, काठमाडौँ

माघको २६ गतेबाट प्रदर्शन हुने फिल्म ‘हात्तीछाप’ को प्रिमियर गरिएको छ। मंगलबार साझ गरिएको प्रिमियर शोमा चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति थियो। 

सिमोस सुनवारको निर्देशनमा प्रदीप भारद्धाजको कथा रहेको छ। यो फिल्म हेरेपछि निर्देशक ज्ञानेन्द्र देउजाले प्रशंसा गरे। उनले फिल्मले नेपालको एक ऐतिहासिक घटनालाई २ घण्टामा समेटेको देखेर आफूलाई आश्चर्य लागेको बताए।

फिल्म हेर्न पुगेका निर्देशक शोभित बस्नेत, निर्देशक कृषा चौलागाईले पनि यसको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको तारिफ गरे। 
फिल्म हेर्नका लागि निर्देशक दिवाकर भट्टराई, मोडल गरिमा शर्मा, अभिनेता राज कटुवाल पनि हल पुगेका थिए। 

फिल्म हेरेपछि उपासना सिंह ठकुरीले पनि फिल्म राम्रो बनेकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरिन्। अर्की फिल्ममा सरप्राइज भूमिकामा देखिएकी बेनिशा हमालले पनि दर्शकलाई कथावस्तु मनपर्ने दाबी गरिन्। 

फिल्म ‘हात्तीछाप’मा ‘बोत्तल राजा’को भूमिकामा देखिएका अभिनेता सौगात मल्लले दर्शकले फिल्मलाई मन पराउने विश्वास व्यक्त गरे।

किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्ममा दयाहाङ राई, बिजय बराल, विल्सन विक्रम राई, पुष्कर गुरुङ, रेअर राई, सुष्मा निरौला, वुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .