ad ad

कला


केकीको मुख्य भूमिका रहेको ‘बोक्सीको घर’ वैशाख १४ गते रिलिज हुने

केकीको मुख्य भूमिका रहेको ‘बोक्सीको घर’ वैशाख १४ गते रिलिज हुने

नेपालखबर
माघ २३, २०८० मंगलबार १६:५४, काठमाडौँ

अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘बोक्सीको घर’को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी वर्षको वैशाख १४ गतेबाट रिलिज हुनेछ।

केकीको होम प्रोडक्सनमा निर्माण भएको फिल्म  ८ वर्षअघि मञ्चन भएको चर्चित नाटक ‘बोक्सीको घर’माथि रहेर बनाइएको हो। 

नाटककै लेखक एवं निर्देशक सुलक्षण भारतीले सिनेमालाई निर्देशन गरेका हुन्। फिल्ममा केकीका साथै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ।

महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर सिनेमा निर्माण भएको हो।

सामाजिक-थ्रिलर जनरामा निर्माण भएको सिनेमाले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन्। 

नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने सिनेमालाई अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना छ।

केकी स्वयम् निर्माता रहेको सिनेमाको कार्यकारी निर्माता राजकुमार घिमिरे हुन्। 

लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमालाई शिवराम श्रेष्ठले छायांकन, लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्।

टिफल्क फिल्मसले यो सिनेमालाई वितरण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .