ad ad

कला


‘जिग्री’ को ट्रेलरमा काठमाडौंमा टिक्न युवाले गर्नुपर्ने संघर्षको कथा

‘जिग्री’ को ट्रेलरमा काठमाडौंमा टिक्न युवाले गर्नुपर्ने संघर्षको कथा

नेपालखबर
माघ २१, २०८० आइतबार १८:५२, काठमाडौँ

फागुन ४ गतेबाट रिलिज हुने फिल्म ‘जिग्री’को ट्रेलर सार्वजनिक भएको छ। पैसाको चक्करले दुई युवाले जीवनमा भोग्नु पर्ने उल्झनलाई कथालाई ट्रेलरमा प्रस्तुत गरिएको छ। 

आकाश मगर निर्देशित फिल्मको ट्रेलर कमेडी–क्राइम–एक्सनको मिश्रणले भरिएको छ।

जिग्री काठमाडौँमा अनेकन महत्वकांक्षा बोकेर आएका फरक व्यवहार भएका दुई केटाको कथा हो। ती युवाहरूले महँगी र अभावमा पिल्सँदै काठमाडौँमा टिकेर बस्नका लागि गरेको सङ्घर्ष फिल्मको मुख्य कथा हो। 

कुसुम थापा मगर कार्यकारी निर्माता रहेको फिल्मको निर्माता कुमार श्रेष्ठ हुन्। सुमित भट्ट र सोमित माझीले छायाङ्कन गरेको फिल्म सम्पादन सरुन मानन्धरले गरेका हुन्। फिल्मको कास्टिङ निर्देशक केदार श्रेष्ठ हुन्।

यस फिल्ममा आकाशसहित अभय राज बराल, सुशील राज पाण्डे, पशुपति राई, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .