कला


इन्स्टाग्राममा भिडिओ राख्दै मोडल पुनम पाण्डेले भनिन्- म जीवितै छु!

इन्स्टाग्राममा भिडिओ राख्दै मोडल पुनम पाण्डेले भनिन्- म जीवितै छु!

भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डे


नेपालखबर
माघ २०, २०८० शनिबार १४:३९, काठमाडौँ

भारतीय अभिनेत्री तथा मोडल पुनम पाण्डेले इन्स्टाग्राममार्फत भिडिओ सन्देश जारी गर्दै आफू जीवितै रहेको बताएकी छन्।

शनिबार उनले इन्स्टाग्राम भिडिओ सन्देशमा भनेकी छन्, ‘म तपाईंहरू सबैसँग केही महत्त्वपूर्ण कुरा साट्न जरुरी ठान्छु। म जीवितै छु।’

यसअघि शुक्रबार उनकै आधिकारिक इन्स्टाग्राम ह्यान्डलबाट पाठेघरको मुखको क्यान्सरबाट उनको मृत्यु भएको खबर आएको थियो।

त्यसको एक दिनपछि उनले आफू जीवितै रहेको अर्काे सन्देश जारी गरेकी हुन्। 

शनिबार पोस्ट भिडिओमा पुनम पाण्डेले भनेकी छन्, ‘आउनुहोस् चेतना फैलाएर एकअर्कालाई सशक्त बनाऔँ र प्रत्येक महिलालाई आवश्यक कदमबारे जानकारी गराउने सुनिश्चित गरौँ। आउनुहोस् हामी सबै मिलेर यस रोग (पाठेघरको मुखको क्यान्सर) को विनाशकारी प्रभाव अन्त्य गर्ने प्रयास गरौँ।’ 

शुक्रबार पुनम पाण्डेको मृत्युको खबर बाहिरिएपछि धेरै प्रश्न उठिरहेका छन्। सामाजिक सञ्जालमा धेरैले यो खबर पत्याउन सकिरहेका थिएनन्।

शुक्रबार पुनम पाण्डेको मृत्युको खबर बाहिरिएपछि धेरै प्रश्न उठिरहेका छन्। सामाजिक सञ्जालमा धेरैले यो खबर पत्याउन सकिरहेका थिएनन्।

यस विषयमा पुनम पाण्डेको परिवारले भने सार्वजनिक रूपमा केही बताएका थिएनन्। उनको मृत्यु कहाँ भएको हो भन्ने जानकारी नआउँदा शुक्रबार साँझसम्म शंकाकै वातावरण थियो।

३२ वर्षीया पुनम पाण्डे सामाजिक सञ्जाल र मोडलिङको दुनियाँमा चर्चित नाम हुन्। यसअघि चुनाव प्रचारका लागि पनि उनले विवादास्पद तरिका अपनाएकी थिइन्।

हेर्नुहोस् पुनम पाण्डेको इन्स्टा भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .