ad ad

कला


सलिनमान र सलोनको मुख्य भूमिकामा ‘युनिभर्सिटी अफ गुण्डाज’ बन्ने

सलिनमान र सलोनको मुख्य भूमिकामा ‘युनिभर्सिटी अफ गुण्डाज’ बन्ने

नेपालखबर
माघ १६, २०८० मंगलबार १५:१६, काठमाडौँ

सलिनमान बानियाँको मुख्य भूमिकामा फिल्म ‘युओजी (युनिभर्सिटी अफ गुण्डाज)’ बन्ने भएको छ।

निर्माण टिमले मंगलबार एक पोस्टरसहित फिल्म निर्माणको घोषणा गरेको हो।

सार्वजनिक थिम पोस्टरमा अभिनेता सलिनसहित सलोन बस्नेतलाई एक्सन अवतारमा देख्न सकिन्छ। फिल्मले विश्वविद्यालयमा हुने गुण्डाराजलाई उठाएको पोस्टरबाट बुझ्न सकिन्छ।

सलिनमानले ५ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दैछन्। पछिल्लोपटक सलिनमानको फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ रिलिज भएको थियो।  

यो फिल्म सलोनको होम प्रोडक्सन सलोन सलिना फिल्मस् प्रालीको ब्यानरमा निर्माण हुनेछ। सलोन र सलिनमानले ए मेरो हजुर २’ र ‘यात्रा’ पछि तेस्रो पटक एकसाथ स्क्रिन सेयर गर्न लागेका हुन्।

फिल्म आगामी बैशाख वा जेष्ठबाट फ्लोरमा जानेछ। ४ करोड बजेटमा निर्माण गरिने फिल्मको निर्देशक, प्राविधिक लगायतको जानकारी विस्तारै सार्वजनिक गर्दै जाने तयारी निर्माण टिमको छ।

एक्सन जनरामा निर्माण हुने फिल्मका लागि यतिबेला सलिन र सलोन ज्यान बनाउन वर्कआउट गरिरहेका छन्। फिल्मको निर्माण टिमले अझै दुई अभिनेता र दुई अभिनेत्री छनोटको चरणमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .