ad ad

कला


कलाकारले गलत सन्देश दिने विज्ञापन गर्नु हुँदैन : भुवन केसी

कलाकारले गलत सन्देश दिने विज्ञापन गर्नु हुँदैन : भुवन केसी

नेपालखबर
माघ १५, २०८० सोमबार १६:४३, काठमाडौँ

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताएका छन्।

सोमवार काठमाडौंमा भएको विज्ञापनमा कलाकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने र केको नगर्ने? भन्नेकुरामा धेरै सजग हुन जरुरी रहेको बताए। उनले मदिरा, चुरोट लगायतका विज्ञापन कलाकारहरूले गर्नु नहुने बताए।

अध्यक्ष केसीले गलत सन्देश दिने विज्ञापन गर्नु नहुने बताए। उनले कलाकारहरुले सामाजिक कामका विज्ञापनहरू निःशुल्क गर्नुपर्ने बताए। विज्ञापन दाताहरूले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा धेरै सतर्क हुन जरुरी रहेको बताए।

उनले भने, ‘कुन सामग्रीको विज्ञापन गर्ने र केको नगर्ने? भन्नेकुरामा धेरै सजग हुन जरुरी छ। कुनै मदिरा वा कुनै चुरोट वा अरु पनि निषेधित गरिएका विज्ञापनहरू कलाकारहरुले गर्नु हुँदैन। गलत म्यासेज फैल्याउने विज्ञापन पनि कलाकारले गर्नु हुँदैन। समाजमा कहिले काहीँ एकदमै राम्रा सामाजिक कामका विज्ञापनहरु निःशुल्क पनि गरिदिनुपर्छ र गरेका पनि छौँ। त्यस्तोमा कलाकारहरु सजग हुनुपर्छ र विज्ञापन दाताहरुले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा धेरै सजग हुनुपर्छ।’

अध्यक्ष केसीले नेपालमा चल्ने कुनैपनि विज्ञापनमा नेपाली कलाकार अनिवार्य हुनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .