ad ad

कला


‘खजुरे ब्रो’ मार्फत फिल्ममा डेब्यु गर्दै मेयर हर्क साम्पाङ

‘खजुरे ब्रो’ मार्फत फिल्ममा डेब्यु गर्दै मेयर हर्क साम्पाङ

नेपालखबर
माघ १४, २०८० आइतबार ११:०, काठमाडौँ

धरानका मेयर हर्क साम्पाङले फिल्ममा डेब्यु गर्ने भएका छन्। साम्पाङले ‘खजुरे ब्रो’ मा अतिथि कलाकारको भूमिकामा काम गरेका छन्।

फिल्ममा विशेष भूमिका रहेको साम्पाङको चरित्रको छायाङ्कन सकिएको चलचित्र निर्माण टिमले जनाएको छ।

'धरानको आइकनिक व्यक्तिको विषयलाई लिएर यहाँको सांस्कृतिक पक्ष उजागर गर्ने उद्देश्य रहेकाले नगरप्रमुखको अवश्य नै भूमिका रहन्छ। चलचित्रमा उहाँको बिसेष भूमिका हुनेछ,' कार्यकारी निर्माता डायमण्ड उप्रेतीले भने।

यो फिल्म पारिवारिक व्यङ्ग्यात्मक 'लाइट कमेडी' जनरामा आधारित फिल्म हो। चलचित्रले धरानको संस्कृतिको प्रवर्धन गर्ने र ठूलो पर्दामा स्थानीय कला र रहनसहन झल्काउने निर्माण पक्षको भनाइ छ।

सुरज सुनुवारको निर्देशनमा बनिरहेको फिल्ममा महेश त्रिपाठी, रेयर राई र नीति शाह मुख्य भूमिकामा छन्।

‘खजुरे ब्रो’ नीतिको पनि डेब्यु फिल्म हो। फिल्ममा दार्जलिङ्गका कलाकार शान्तिला तामाङसहित नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की,मनिष राउत,प्रेम सुब्बा र सुजाता राईको अभिनय छ।

दिव्यदृश्य इन्टरटेन्टमेन्टको ब्यानरमा बनिरहेको यस फिल्ममा नवीन मानन्धर र सुरज सुनुवारको लगानी छ।

फिल्मको लेखक पनि निर्देशक सुनुवार नै हुन्। हाल धरानमा छायाँकन भइरहेको फिल्मलाई शिशिर बिसंखेले खिचिरहेका छन्। यस फिल्मलाई आगामी जेठमा प्रदर्शन गर्ने निर्माण टिमको योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .