९६औँ अस्कर अवार्डको मनोनयन सार्वजनिक भएको छ।
अधिकांश विधामा फिल्म 'ओपनहाइमर'ले वर्चस्व जमाएको छ।
क्रिस्टोफर नोलम निर्देशित 'ओपनहाइमर' सर्वाधिक १३ विधामा पर्न सफल भएको छ।
मुख्य विधा बेस्ट पिक्चरदेखि अभिनेता र निर्देशनमा यो फिल्म समावेश छ।
'ओपनहाइमर' अमेरिकी वैज्ञानिक जे रोबर्टको बायोपिक फिल्म हो। यस फिल्मले रोबर्टको परमाणु बमको विकास गरेको व्याख्या गर्छ।
यस फिल्ममा किलियन मर्फी, रोबर्ट डाउने जुनियर, एमिली ब्लन्ट लगायतको अभिनय छ। 'पुअर थिंग्स' ११ र 'किलर्स अफ द फ्लावर मुन' १० विधामा मनोनयन भएका छन्।
त्यस्तै, महिला निर्देशक ग्रेटा गर्विगको 'बार्बी' पनि ८ विधामा छनोट भएको छ। 'मायस्ट्रो' ७ विधामा मनोनयन हुँदा 'अमेरिकन फिक्सन', 'एनाटोमी अफ अ फल', द 'होल्डओभर्स' र 'द जोन अफ इन्ट्रेस्ट' समान पाँच विधामा छानिएका छन्।
अस्कर अवार्ड समारोह मार्च १० मा अमेरिकास्थित हलिउडको डल्बी थिएटरमा आयोजना हुनेछ।
Shares

प्रतिक्रिया