कला


‘मासिन्या’ विभेद विरुद्धको सिर्जनात्मक हस्तक्षेप हो : राजु स्याङ्तान

‘मासिन्या’ विभेद विरुद्धको सिर्जनात्मक हस्तक्षेप हो : राजु स्याङ्तान

नेपालखबर
माघ ९, २०८० मंगलबार १७:२४, काठमाडौँ

थापागाउँस्थित मण्डला थिएटरमा माघ ११ देखि मञ्चन हुँदैछ। मञ्चनको संघारमा आज नाटकटिमले पत्रकार सम्मेलन गरेको छ।

पत्रकार सम्मेलनमा बोल्दै ‘मासिन्या’ का लेखक राजु स्याङ्तानले यो नाटक तामाङ समुदायलाई राज्यसत्ताले गरिरहेको विभेद विरुद्धको सिर्जनात्मक हस्तक्षेप रहेको बताए।

लेखक स्याङ्तान सहित अर्का लेखक लक्ष्मी रुम्बा, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ,ताम्सालिङ संघर्ष समितिका अध्यक्ष गणेश योन्जन लगायतकाको सहभागितामा भएको कार्यक्रममा नाटक समुहले ‘मासिन्या’को रचनादेखि मञ्चन यात्राबारे प्रकाश पारे।

स्याङ्तानका अनुसार झन्डै डेड दुईवर्षअघि नाटक तयार गरिएको हो। तामाङ समुदायमा नाटकको परम्परा र अभ्यास न्यून देखिए पनि मासिन्याले त्यसमा टेवा पुग्ने उनको विश्वास छ।

‘मासिन्याले जङ्गबहादुरको समयदेखि अहिले सम्म सुन्दर तामाङ बस्ती कसरी रित्तिँदै गएको छ भन्ने कथा भन्छ’ उनले भने,‘हामीले कविता त लेख्यौं, यतिले पुगेन भन्ठानेर नाटक ल्यायौं। हाम्रो मौलिकता बोकेको माटो, हाम्रै  पीडाको कथा भन्न हामीले नाटकको माध्यम रोजेका छौं’ उनले भने।

समुदायभित्र गढेर बसेको पीडालाई नाटकका रूपमा समुहको पहिलो प्रयास भएको बताउँदै अर्का लेखक रुम्बाले तामाङको मात्र नभएर नाटकले समग्र राज्य प्रणालीको विभेदमा पिल्सिएका सिमान्त्कृत समुदायको कथा व्यक्त गर्ने उनको भनाइ छ। अहिलेको खुल्ला र गणतान्त्रिक राज्य प्रणालीको समाजमा सबैले आफ्नो कुरा राख्न सिर्जनात्मक बाटो रोज्नुपर्ने अध्यक्ष गोलेले सुनाए।

माघ २८ सम्म मञ्चन हुने नाटकको निर्देशन तथा परिकल्पना बुद्धि तामाङ र सोनाम लामाले गरेका छन्। यस नाटकमा रमिला मोक्तान, विष्णु मोक्तान, रविन दोङ, सुनिल तामाङ, रोहनी लामा, शीतल थोकर, रुपेश तामाङ, इंगिहोपो कोइँच सुनुवार लगायत कलाकारहरुको अभिनय रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad