कला


बल्ल पूरा हुँदैछ फिल्ममा डेब्यु गर्ने नीतिको सपना

बल्ल पूरा हुँदैछ फिल्ममा डेब्यु गर्ने नीतिको सपना

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०८० आइतबार १४:१६, काठमाडौँ

सन् २०१७ मा मिस इन्टरनेशनल बनेसँगै चर्चामा आएकी हुन्: नीति शाह। सुन्दरताको व्यापक चर्चा हुँदा नीति फिल्ममेकरको नजरमा समेत पर्न थालिन्।

सबैभन्दा पहिले नीतिलाई सन्तोष सेनले फिल्म 'हुतुतु' को लागि अफर गरे। र, नीतिले पनि साइन गरिन्। तर, लामो समय बितिसक्दा पनि यो फिल्म बन्न सकेको छैन। 

त्यसपछि नीति 'एक्स ९' र 'कामिनो' मा अनुबन्धित भइन्। यी फिल्मको पनि छायाङ्कननै सुरु हुन सकेनन्।

अन्तिम पटक नीति सुदर्शन थापाको फिल्म 'रावायण' मार्फत डेब्यु गर्ने पक्का भइसकेको थियो। तर, अन्तिममा अनमोल केसीले छाडेपछि यो फिल्म अलपत्र छ। 

लगातार साइन गरेका फिल्म नबन्दा सकस परिरहेको बेला नीतिलाई राहत मिलेको छ। मुख्य भूमिकामा 'खजुरे ब्रो' को छायाङ्कन सुरु हुँदा नीतिको डेब्युको सपना बल्ल पुरा हुन थालेको हो। 

सुरज सुनुवार निर्देशित यस फिल्मको सुटिङ तीनदिनदेखिनै सुरु भएको हो। तर, फिल्मको सुभमुहूर्त भने भोलि माघे सङ्क्रान्तिको अवसरमा हुँदैछ। 

यस फिल्ममा नीतिसहित महेश त्रिपाठी, नवीन मानन्धर, रेयर राईको समेत मुख्य भूमिका रहनेछ। त्यस्तै फिल्ममा सुरजसहित नवीन मानन्धरको लगानी रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad