ad ad

कला


डिभोर्सपछि आमिर र किरण ‘कफी विथ करण–८’ मा सँगै देखिँदै

डिभोर्सपछि आमिर र किरण ‘कफी विथ करण–८’ मा सँगै देखिँदै

नेपालखबर
पुस १८, २०८० बुधबार १७:६, काठमाडौँ

बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण रावको सम्बन्धविच्छेद भइसकेको छ। डिभोर्स भएपछि दुवै जना ‘कफी विथ करण’ कार्यक्रममा एकसाथ देखिने भएका छन्।

‘कफी विथ करण’ को आठौं सिजनको हालसम्म तीनवटा एपिसोडहरु रिलिज भइसकेका छन्। यो सिजनको सातौं तथा अन्तिम एपिसोडमा बलिउड अभिनेता आमिर आफ्नी पूर्वपत्नी किरण रावसँग कफी काउचमा देखिनेछन्। जुन एपिसोड १८ जनवरीमा डिज्नी हटस्टारमा स्ट्रीम हुनेछ।

खासमा आमिर र किरण दुवै यस विवादास्पद शोमा आउन तयार थिएनन्। तर, पछि दुवैले आफ्नो आगामी फिल्म ‘लापता लेडीज’ बारे सोच्दै शोमा आउन राजी भए। किरणको निर्देशन रहेको यो फिल्म आगामी मार्च १ मा रिलिज हुनेछ। आमिर भने यस फिल्मका निर्माता हुन्।

उक्त एपिसोडमा दुवैले आफ्नो सम्बन्धविच्छेद लगायतका विषयमा कुरा गर्ने बताइएको छ। आमिर र किरण यसअघि धेरै शो र अन्तर्वार्तामा सँगै देखिएका छन्। तर, सम्बन्धविच्छेदपछि दुवैजना यसरी शोमा सँगै देखिन लागेको पहिलो पटक हो।

सन् २००५ मा आमिरले किरणसँग दोस्रो बिहे गरेका थिए। बिहे भएको १५ वर्षपछि ३ जुलाई सन् २०२१ मा दुवैले छुट्टिने घोषणा गरेका थिए।

यसअघि आमिर र किरण कफी विथ करण सिजन ४ को तेस्रो एपिसोडमा सँगै देखिएका थिए। आमिर यस वर्ष पाँचौं पटक करणको शोको हिस्सा हुनेछन्। किरण यो शोमा दोस्रो पटक देखिनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .