बलिउड अभिनेता अक्षय कुमारले भारतीय क्रिकेटर शिखर धवनलाई छोरा जोरावर भेट्न नपाएको दुःखमा सान्त्वना दिएका छन्। उनले धवनलाई निराश नहुन सल्लाह दिएका छन्।
धवनको पोस्टको जवाफमा उनलाई ट्याग गर्दै, अक्षय कुमारले बिहीबार इन्स्टाग्राममा लेखेका छन्, ‘यो पोस्ट देखेर मलाई ज्यादै दुःख लागेको छ। मलाई थाहा छ- एउटा पिताका लागि आफ्नो बच्चा देख्न/भेट्न नपाउनुजस्तो ठूलो पीडा केही हुँदैन।’
धवनको मनोबल बढाउँदै अक्षयले अगाडि लेखेका छन्, ‘शिखर हिम्मत राख...हामीजस्ता लाखौँ मानिस प्रार्थना गरिरहेका छौँ– तपाईंले सकेसम्म चाँडो छोरा भेट्न पाउनुहोस्। भगवान्ले कल्याण गरुन्।’

69
Shares

प्रतिक्रिया