नेपालकी चेली मेनुका पौडेल ‘इण्डियन आइडल १४’ मार्फत निकै चर्चामा छिन्। आफ्ना प्रस्तुतिले लगातार जजहरुबाट मन जित्न सफल उनी गेस्टबाट समेत निकै तारिफ मिल्ने गर्छ।
यसपटकको एपिसोडमा मेनुकाले आफ्नो गायकीको जादु छँदै गेस्टबाट विभिन्न अफरसहित उपहार पाउँछिन्। इण्डियन आइडलले आगामी एपिसोडको एक प्रोमो सार्वजनिक गरेको छ।
क्रिसमस स्पेशल रहेको एपिसोडमा गायक उदितनारायण झा विशेष अतिथिको रुपमा पुगे। जहाँ उनले सबै प्रतियोगीलाई सेन्टाक्लस बन्दै गुलाफको फूल दिए।
उदितका गीतमा प्रतियोगीहरुले आफ्नो प्रस्तुति दिए। मेनुकाले पनि उदितको साइनाथ बोलको गीत गाएकी छिन्। जुन गीत सुनेर मन्त्रमुग्ध भएका उदितले मेनुकालाई साइबाबाको मुर्ति उपहार दिएका छन्।
साथै उदितले मेनुकासँगै आइडलको मञ्चमा गीत गाउनुकाका साथै उनको प्रशंसामा अँगालो समेत हालेको भिडियोमा देख्न सकिन्छ।
मेनुकाले ‘सलार’ मार्फत भारतीय पार्श्वगायनमा डेब्यु गरिसकेकी छिन्।
Shares

प्रतिक्रिया