प्रभास स्टारर दक्षिण भारतीय फिल्म ‘सलार’ले दोस्रो दिन पनि बक्सअफिसमा कमाल गरेको छ। सलारको पहिलो पार्टले दोस्रो दिन घरेलु बक्सअफिसमा ५५ करोड भारतीय रुपैयाँको व्यापार गरेको छ।
सलारले पहिलो दिन भारतभर ९० करोड भारु बढी ओपनिङ गरेको थियो। दुई दिनमा सलारको जम्मा कमाई १४५ करोड ७० लाख भएको छ। यो सन् २०२३ को सबैभन्दा ठूलो ओपनिङ गर्ने भारतीय फिल्म समेत हो।
विश्वभर भने सलारले दुई दिनमा २९५ करोडको आकडा पार गरेको छ। पहिलो दिन विश्वभर १७८ करोड ७० करोड रुपैयाँ कमाउँदै सर्वाधिक ओपनिङ गर्ने फिल्मको सूचिमा पर्न सफल भएको छ। सलार भारतीय फिल्म इतिहासमा सर्वाधिक ओपनिङ गर्ने फिल्मको तेस्रो स्थानमा छ। सर्वाधिक ओपनर गर्ने फिल्मको पहिलो लिस्टमा ‘आरआरआर’ र दोस्रो स्थानमा प्रभासकै ‘बाहुबली २’ छ।
‘सलार’ तेलुगुसहित हिन्दी, कन्नड, मलयालम र तमिल ५ भाषामा रिलिज भएको थियो। केजीएफ फेम्ड प्रशान्त निलको निर्देशन र लेखनमा बनेको ‘सलार’मा प्रभासका साथै पृथ्वीराज सुकुमारन, टिनु आनन्द, श्रुति हसन र जगपति बाबुको अभिनय छ।
सलारले आक्रामक कमाई गरेपनि शाहरुख खानको ‘डंकी’को व्यापार भने ठिकै छ। हिन्दी भाषामा मात्र रिलिज भएको डंकीले तेस्रो दिन २५ करोड भारु कलेक्सन गरेको छ।
पहिलो दिन ३० करोड कमाई गरेको यस फिल्मले दोस्रो दिन २० करोड ५० लाख कमाएको थियो। फिल्मले भारतभर जम्मा ७५ करोड कमाउँदा विश्वभर भने १०३ करोड भारुको व्यापार गरेको छ। शनिबार फिल्मको अकुपेन्ची केही बढेको देखिन्छ। आज आइतबार र सोमबार क्रिशमसको बिदाले पनि डंकीको व्यापारमा फाइदा पुग्ने देखिन्छ।
राजकुमार हिरानी निर्देशित यस फिल्ममा फिल्ममा शाहरुखका साथै तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, दिया मिर्जा लगायतको अभिनय छ। यस फिल्ममार्फत राजकुमार र शाहरुखले पहिलोपटक सहकार्य गरेका हुन्।
रेड चिलिज इन्टरटेनमेन्ट, राजकुमार हिरानी फिल्मस् र जियो स्टुडिओको ब्यानरमा निर्माण भएको फिल्मको कथा हिरानीले नै लेखेका हुन्।
Shares

प्रतिक्रिया