ad ad

कला


‘पीके’ को क्यारेक्टरमा फिट हुन दिनमा सय पान खान्थे आमिर खान

‘पीके’ को क्यारेक्टरमा फिट हुन दिनमा सय पान खान्थे आमिर खान

नेपालखबर
पुस ४, २०८० बुधबार १५:१, काठमाडौँ

बलिउड फिल्म ‘पीके’ आमिर खानको करियरको सफल फिल्ममध्ये एक हो। जुन अभिनेत्री अनुष्का शर्माको लागि सुपरहिट फिल्म हो। यो फिल्म रिलिज भएको आज नौं वर्ष पूरा भएको छ। 

आमिर यस्तो कलाकारभित्र पर्छन्, जो आफ्नो क्यारेक्टरमा फिट हुन जेसुकै गर्न तयार हुन्छन्। पीकेमा पनि आमिरले आफ्नो क्यारेक्टरको लागि निकै मेहनेत गरेका थिए।  

आमिर यस फिल्मभरि सधैँ पान खाइरहेको देखिन्छन्। जबकी उनलाई रियल लाइफमा पान खाने बानीनै छैन। फिल्मको क्यारेक्टरको आवश्यकताअनुसार उनलाई धेरै पान खानुपरेको थियो। 

आमिरले एक अन्तर्वार्तामा फिल्मको पात्रकै लागि एकैदिनमा सय पान समेत खानुपरेको बताएका छन्। फिल्ममा पानको आवश्यकता यति धेरै थियो कि सेटमा पान बिक्रेता सधैँ उपस्थित हुन्थे। 

हुनत आमिरले पान नखाए पनि त्यो दृश्य अभिनय गर्न सक्थे। तर, आमिर त्यो दृश्यलाई वास्तिक चाहन्थे। यसकारण उनले एकैदिनमा धेरै पान खानुपर्ने बाध्यता आएको थियो। 

फिल्ममा आमिर भोजपुरी भाषा बोलेको देखिएका छन्। उनले भोजपुरी बोल्ने र सिक्ने तालिम लिए। बाँकी विवरणहरू सही गर्न उनलाई भोजपुरी टिभी लेखक शान्ति भूषणबाट प्रशिक्षण दिइएको थियो। सुटिङका क्रममा उनी सधैं सेटमा उपस्थित हुन्थे। जसकारण पनि उनी पीकेमा सहज भोजपुरी बोल्न सके। 

राजकुमार हिरानी निर्देशित यो फिल्म सन् २०१४ मा रिलिज भएको थियो। यसमा आमिर र अनुष्कासहित बोमन इरानी, सौरभ शुक्ला, सुशान्त सिंह राजपुत र सञ्जय दत्तको मुख्य भूमिका थियो। 

भारतभरि पीकेले ३४० करोड भारतीय रुपैयाँ कमाएको थियो। त्यस्तै, विश्वभर भने फिल्मले ७७० करोड भारु कलेक्सन गरेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .