ad ad

कला


सेन्सरबाट पास भयो ‘सतीदेवी’, प्रदर्शन कहिले?

सेन्सरबाट पास भयो ‘सतीदेवी’, प्रदर्शन कहिले?

नेपालखबर
मंसिर २२, २०८० शुक्रबार १८:३५, काठमाडौँ

मलिका महतको मुख्य भूमिका रहेको फिल्म ‘सतीदेवी’ को सेन्सर पास भएको छ। लक्ष्मण सुवेदीको निर्देशित फिल्मलाई केन्द्रिय चलचित्र जाँच समितिले बिहिबार साँझ प्रदर्शनका लागि अनुमति दिएको हो।

सेन्सर बोर्डले यस फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको छ। युनिभर्सल सर्टिफिकेट पाएसँगै सतीदेवीलाई सबै उमेरका दर्शकले हेर्न पाउनेछन्। साथै चलचित्रलाई सेन्सर बोर्डमा हेर्नेले उत्कृष्ट प्रतिक्रिया दिएका छन्।

सामाजिक कथामा निर्माण भएको चलचित्रले देशमा जतिनै परिवर्तन आएपनि परिवर्तिन हुन नसकेको महिलाको कथालाई बिषय बनाएको छ। बाबुछोरीको कथा समेत देखाएको चलचित्रले समाजमा हुने छोराको चाहना, छोरीको महत्वलगायतको बिषय समेत देखाउने निर्देशक सुवेदीले बताए।

दिलासा र साराको ब्यानरमा निर्माण भएको फिल्ममा लक्ष्मण सुवेदीकै निर्माण र लेखन रहेको छ।

फिल्ममा मलिकाका साथै भोलाराज सापकोटा, कुलदीप अधिकारी, हर्षिका वली, रमेश बुढाथोकी, सन्दीपबाबु लोहनी, मनिषा सापकोटाको लगायतको अभिनय छ। श्रीदेवी सुवेदी निर्माता रहेको फिल्मको प्रदर्शन मिति भने तय भएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .