ad ad

कला


बाल प्रतिभा खोजीका लागि ‘नेशन्स गट ट्यालेन्ड’ शो हुने

बाल प्रतिभा खोजीका लागि ‘नेशन्स गट ट्यालेन्ड’ शो हुने

नेपालखबर
मंसिर १३, २०८० बुधबार १०:५७, काठमाडौँ

गायन र नृत्य विधाका बालप्रतिभाको खोजीका लागि ‘नेशन्स गट ट्यालेन्ड’ शो हुने भएको छ। आयोजक संस्था एएनपी मिडिया हाउसले प्रतियोगिता गर्न लागेको हो। 

एएनपी मिडिया हाउसले पत्रकार सम्मेलन गरेर प्रतियोगिताको विषयमा जानकारी गराएको छ। 

रियालीटी शोमा अभिनेत्रीद्धय मिथिला शर्मा र गौरी मल्ल, गायक आनन्द कार्की र गायिका देविका बन्दना निर्णायक रहने छन्।  लबबहादुर कार्की र डेभिल सिंह राजपुतको निर्देशनमा तयार हुने रियालीटी शो एपीवान टेलिभिजनबाट प्रसारण हुनेछ।
  

एएनपी मिडिया हाउसका अध्यक्ष तथा नेशन्स गट ट्यालेन्डका निर्देशक लबबहादुर कार्कीले नेशन्स गट् ट्यालेन्ड रियालिटि शोको लागि मंसीर १६ बाट अडिसन गरिने बताए। 

‘छ महिनाअघिबाट हामीले गर्दै आएको तयारी सार्थक भएको छ। चैत्रको पहिलो साताबाट प्रसारण गर्ने योजनाका साथ हामी मंसिर १६ गतेबाट काठमाण्डौंमा अडिसन शुरु गर्नेछौँ,’ उनले भने, ‘काठमाडौंलगायतका देशका प्रमुख शहरमा अडिसन राखिने छ भने कुनै पनि ठाउँका बालबाकिाले यसमा सहभागीता जनाउन सक्नेछन्।’ 

मिथिला शर्माले बालबालिकामा रहेको प्रतिभालाई उजागर गर्न यो रियालिटी शो उपलब्धिमुलक हुने बताइन्। 

अर्की निर्णायक अभिनेत्री गौरी मल्लले यसखाले रियालीटी शोले बाबबालिकाको व्यक्तित्व र प्रतिभा बृद्धीका लागि सघाउने चर्चा गरिन्।
 
त्यसैगरि, गायिका देविका वन्दनाले संगीत र नृत्य एक अर्काको परिपुरक भएकाले दुबै विधालाई एकसाथ मिलाएर आयोजना हुन लागेको रियालीटी शोलाई लिएर उत्साहित रहेको बताइन्। 

शोमा एभेन्टोज नेपाल नेशनल र ग्लोबल अनलाईन पे इन्टरनेशन भोटिङ् पार्टनरका रहेका छन् ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .