फिल्म ‘रङ्गेली’ को नयाँ क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा अर्पण थापालाई भगवान् दादाको चरित्रमा देख्न सकिन्छ।
यसअघि निर्माण टिमले फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको चरित्रको पोस्टर पनि सार्वजनिक गरेको थियो। रङ्गेलीमा थापाको जबरजस्त भूमिका निर्वाह गरेको निर्देशक अर्जुन सुवेदीले बताए।
सुवेदीकै लेखन रहेको यस फिल्ममा अर्पण, दयाहाङ र मिरुनासहित प्रवीण खतिवडा, रमेश बुढाथोकीको लगायतको अभिनय छ।
यो चलचित्र आगामी फागुन २५ गते महाशिवरात्रिको दिन विश्वव्यापी रिलिज हुँदैछ।
संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ निर्माता रहेको फिल्ममा कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुजजङ्ग थापा हुन्। त्यस्तै, फिल्ममा सुशन प्रजापतिको छायाङ्कन रहेको छ।
यस फिल्मको प्रिमियर अमेरिकामा गरिनेछ। अमेरिकासहित अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विभिन्न मुलुकमा एकसाथ रिलिज गरिने निर्माण टिमले जनाएको छ।
जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ तथा अस्ट्रेलियामा ‘हट बिट्स ईभेन्टस्’ले ‘रङ्गेली’ रिलिज गर्दैछन्।
Shares
प्रतिक्रिया