ad ad

कला


‘सामबहादुर’ को लागि विक्कीले गरे ६ महिना तयारी, ११० दिनमा १६ सहरमा भएको थियो सुटिङ

‘सामबहादुर’ को लागि विक्कीले गरे ६ महिना तयारी, ११० दिनमा १६ सहरमा भएको थियो सुटिङ

नेपालखबर
मंसिर १, २०८० शुक्रबार १३:२२, काठमाडौँ

विक्की कौशलको मुख्य भूमिका रहेको फिल्म ‘सामबहादुर’ मंसिर १५ गते रिलिज हुँदैछ। यो फिल्म भारतीय सेना तथा आठौँ गोर्खा रेजिमेन्टका पूर्वप्रमुख साम मानेक्साको जीवनीमा आधारित छ।

सेनाको जीवनीमा आधारित फिल्म भएकाले छायाङ्कमा वर्तमान रक्षा मन्त्रालयबाट निकै सहयोग मिलेको थियो। फिल्मको कथा सन् १९७१ को भारत-पाकिस्तान युद्धसँग सम्बन्धित छ। जतिखेर साम भारतीय सेना प्रमुख थिए। तर, निर्माताले यसलाई युद्ध फिल्ममा मात्र सीमित राखेनन्।

यसबारे भाष्कर दैनिकसँग एक स्रोतले भनेको छ, ‘त्यतिबेला पोलिटेक्निक र सैन्य शक्तिको हिसाबले देशको अवस्था फरक थियो। युद्धजस्तो अवस्थामा विश्वको दबाब फरक थियो। एक सामान्य सोच थियो कि सैनिकहरू युद्धमा सहिद हुन्छन्। तर, साम मानेक्साले त्यो धारणा परिवर्तन गरे।’

फिल्म निर्माताले सामको अफिस रहेको किल्लामा सुटिङ गरेका थिए। यस बाहेक साम मानेक्सा आफ्नो कार्यकालमा जहाँ जहाँ खटिएका थिए, त्यहाँ सुटिङ गर्न टोली गएको बताइएको छ।

१६ सहरमा कुल ११० दिन लगाएर छायाङ्कन गरिएको भारतीय मिडियाले उल्लेख गरेका छन्।

फिल्ममा साम मानेक्साको भूमिकामा विक्की देखिएका छन्। मानेक्साको चरित्रमा फिट हुन उनलाई ६ महिना लागेको थियो। यसका लागि विक्कीले सामका आफन्तसहित समकक्षी अफिसरसँग पनि भेट गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .