भिरबाट लडेर गम्भीर घाइते भएका कलाकार प्रकाश घिमिरे डिस्चार्ज भएका छन्।
पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई साता लामो उपचारपछि स्वास्थ्यमा सुधार आएकाले उनी डिस्चार्ज भएका हुन्।
स्वास्थ्यमा सुधार भएपछि फलोअप जाँचमा आउने गरि डिस्चार्ज गरिएको अस्पताल प्रशासनले जनाएको छ। कलाकार खगेन्द्र लामिछानेले पनि घिमिरेको स्वास्थ्यमा सुधार आएको बताए।
‘उहाँको परिवारसँग कुरा भएको थियो। पहिलेभन्दा स्वास्थ्यमा निकै सुधार आएको छ,’ उनले नेपालखबरसँग भने।
गत कात्तिक १० गते उनी पोखराको नदीपुरमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए। उनको टाउकोसहित छाती र ढाडमा चोट लागेको थियो।
घिमिरे अभिनित फिल्म ‘भष्मे डन’ अहिले हलहरूमा प्रदर्शनरत छ। खगेन्द्रकै लेखन र निर्माण रहेको यस फिल्ममा उनी मितबाको भूमिकामा छन्।
84
Shares
प्रतिक्रिया