कला


काठमाडौं युनेस्कोको ‘फिल्मको रचनात्मक सहर’को सूचीमा

काठमाडौं युनेस्कोको ‘फिल्मको रचनात्मक सहर’को सूचीमा

नेपालखबर
कात्तिक १५, २०८० बुधबार १५:४२, काठमाडौँ

राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (युनेस्को) ले काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’ को रुपमा सूचिकृत गरेको छ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै काठमाडौं महानगरपालिकाले यसबारेमा जानकारी गराएको हो। महानगरले अब चलचित्र क्षेत्रको विकास र बिस्तारका लागि काठमाडौं क्रिएट द काउन्सिल (केसीएसी, केएमसी) स्थापना गर्ने पनि पत्रकार सम्मेलनमार्फत जनाएको छ।

चलचित्र क्षेत्रको विकास र बिस्तार तथा चलचित्रसँग सम्बन्धित उद्योग सञ्चालन, संरक्षण र प्रवद्र्धनका लागि आवश्यक पर्ने नीति अनुसन्धान र विकासमा जोड दिने बताएको छ। यसले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै कार्यक्रमहरू गतिविधिहरू कार्यान्वयन गर्ने महानगरपालिकाको विश्वास छ।

नेपालको राजधानी शहर काठमाडौंलाई ‘फिल्मको रचनात्मक शहर’को रुपमा सूचिकृत गरेको थियो। विश्व शहर दिवसको अवसरमा काठमाडौंसहितका संसारका ५५ सहरलाई क्रिएटिभ सिटिज नेटवर्कमा समावेश गरिएको युनेस्कोले जनाएको छ।

युनेस्कोले सातवटा रचनात्मक क्षेत्रअन्तर्गत रहेर ५५ नयाँ शहर सूचिकृत गरेको हो। यी रचनात्मक क्षेत्रमा शिल्प र लोककला, डिजाइन, फिल्म, ग्यास्ट्रोनोमी, साहित्य, मिडिया कला र संगीत समावेश छन्। चलचित्र उद्योगमा आवद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबीच समन्वय सहकार्य गरेर स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरुलाई प्रोत्साहन नीति रहेको छ।

चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा वकालत गर्ने, शहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताहरूका लागि वार्षिक रुपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहमति प्रदान गरिने बताएको छ।

चलचित्र र अन्य रचनात्मक उद्योगहरूका लागि विद्यमान पूर्वाधारलाई सुधार स्तरोन्नति गरिने जनाएको छ। पारम्परिक वास्तुकला झल्काउने, सुन्दरता अभिवृद्धि हुने संरचना निर्माण गरेर लागत प्रभावी चलचित्र निर्माणको वातावरण बनाइने लक्ष्य छ।

महानगरले ल्याण्डस्केप डिजाइन, विश्व सम्पदाहरुको सुधार, पूर्वाधार स्तरवृद्धि, वास्तुकला संवद्र्धनहरु चलचित्र निर्माणको कथा कथन र सौन्दर्यशास्त्रमा योगदान पुर्याउने दृश्यात्मक मनमोहक स्थानहरू उपलब्ध गराइने जनाएको छ।

चलचित्र स्टुडियो, पोस्ट उत्पादन सुविधाहरू चलचित्र विद्यालयहरु, उद्योगका विधागत सिप र सिकाइहरुलाई सज्जालमा आवद्ध गरेर प्रवद्र्धन गरिने, अभिलेख, पुस्तकालय र हालको विकास हुने, स्थानीय सांस्कृतिक र रचनात्मक उद्यमीलाई र साना र मध्यम आकारका उद्यम सञ्चालन गर्न सहयोग गरिने, तथ्य तथ्यांक निर्माण गरिने, व्यञ्जन कला र शिल्प, हस्तकला उद्योगको प्रवद्र्धन मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न महोत्सव र प्रदर्शनीहरूको आयोजना गरिने महानगरले जनाएको छ।

महानगरले भनेको छ,
‘यस वर्ष सञ्जालमा जोडिएका शहरमध्ये काठमाडौंसहित ५ वटा चलचित्र विधामा छानिएका छन्। यस्तै संगीत विधामा १६ वटा, डिजाइनमा ६ वटा, शिल्प तथा लोककलामा ७ वटा, साहित्यमा १० वटा ग्यास्ट्रोनमी (खानाका परिकार) मा ७ वटा, मिडिया कलामा ४ वटा शहर जोडिएका छन्।

चलचित्र क्षेत्रको विकास र बिस्तार तथा यससँग सम्बन्धित उद्योग सञ्चालन, संरक्षण र प्रवद्र्धनका लागि आवश्यक पर्ने नीति अनुसन्धान र विकासका लागि काठमाडौं क्रिएट द काउन्सिल (केसीएसी, केएमसी) स्थापना हुनेछ। यसले सांस्कृतिक र रचनात्मक कलाअन्तर्गतका सबै कार्यक्रमहरू गतिविधिहरू कार्यान्वयन गर्नेछ। उद्योगमा आवद्ध क्षेत्रगत जनशक्तिको शैक्षिक क्षमता सुधार, प्रशिक्षण, चलचित्र विषय अध्ययन हुने विद्यालय तथा विश्वविद्यालयबीच समन्वय सहकार्य गरेर स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र निर्माण गर्न प्रतिभाहरुलाई प्रोत्साहन गरिने।

चलचित्र उद्योगको विकासका लागि आवश्यक नीति तर्जुमा वकालत गर्ने, शहरका लागि सांस्कृतिक र रचनात्मक रणनीति विकास गर्ने, अनुसन्धानकर्ताहरूका लागि वार्षिक रुपमा अनुसन्धान फेलोसिप प्रदान गर्ने, सीमान्तकृत र कमजोर समुदायसहित लक्षित वर्गलाई यसमा सहमति प्रदान गरिनेछ।

चलचित्र र अन्य रचनात्मक उद्योगहरूका लागि विद्यमान पूर्वाधारलाई सुधार स्तरोन्नति गरिनेछ। पारम्परिक वास्तुकला झल्काउने, सुन्दरता अभिवृद्धि हुने संरचना निर्माण गरेर लागत प्रभावी चलचित्र निर्माणको वातावरण बनाइनेछ। ल्याण्डस्केप डिजाइन, विश्व सम्पदाहरुको सुधार, पूर्वाधार स्तरवृद्धि, वास्तुकला संवद्र्धनहरु चलचित्र निर्माणको कथा कथन र सौन्दर्यशास्त्रमा योगदान पुर्याउने दृश्यात्मक मनमोहक स्थानहरू उपलब्ध गराइनेछ। चलचित्र स्टुडियो, पोस्ट उत्पादन सुविधाहरू चलचित्र विद्यालयहरु, उद्योगका विधागत सिप र सिकाइहरुलाई सज्जालमा आवद्ध गरेर प्रवद्र्धन गरिनेछ। अभिलेख, पुस्तकालय र हालको विकास हुनेछ। स्थानीय सांस्कृतिक र रचनात्मक उद्यमीलाई र साना र मध्यम आकारका उद्यम सञ्चालन गर्न सहयोग गरिनेछ, तथ्य तथ्यांक निर्माण गरिनेछ। व्यञ्जन कला र शिल्प, हस्तकला उद्योगको प्रवद्र्धन मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गर्न महोत्सव र प्रदर्शनीहरूको आयोजना गरिनेछ।

अन्तर्राष्ट्रिय स्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तर्राष्ट्रिय चित्र महोत्सव, फिल्म एक्स्पो फिल्म सोमट जस्ता सञ्चालन गरिनेछ। यसले विश्वभरका चलचित्र निर्माता, लगानीकर्ता तथा वितरकलाई सन्जालमा जोड्नेछ। यसबाट अन्तर्राष्ट्रिय साझेदारी र सहयोगका क्षेत्र बिस्तार हुनेछन्। सदस्य अन्तर्राष्ट्रिय नगरहरूमा विद्यार्थी, कलाकार अनुसन्धानकता र साझेदारबीच ज्ञान, सिप र अनुभव आदान प्रदानका वातावरण प्रदान गरिनेछ।

युनेस्को क्रियटिभ सिटीज नेटवर्क (युसीसीएन) का कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले ५ करोड रुपैयाँ विनियोजन गरेको छ।

महानगर गौरव तथा स्वर्णिम योजना र विभागहरुले सञ्चालन गर्ने क्रियाकलापका अन्तरसम्बन्ध स्थापित गर्दै लगिनेछ।

यो कार्यक्रम देशको पहिचान निर्माण गर्ने कार्यक्रम राष्ट्रिय अर्थतन्त्र, रोजगार, उद्यमशीलतासँग सम्बन्धित कार्यक्रम हो। यसको सफलताका लागि हामी सञ्चार जगतबाट सहयोग र समर्थनको अपेक्षा गरेका छौँ।’

महानगरले अन्तर्राष्ट्रिय स्तरका उद्यमीलाई सञ्जालमा जोड्न अन्तर्राष्ट्रिय चित्र महोत्सव, फिल्म एक्स्पो फिल्म सोमट जस्ता सञ्चालन गर्ने भएको छ। युनेस्को क्रियटिभ सिटीज नेटवर्क (युसीसीएन) कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले ५ करोड रुपैयाँ विनियोजन गरेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .