ad ad

कला


अर्को दसैँमा दीपकराज गिरी र सन्तोष सेन भिड्ने

अर्को दसैँमा दीपकराज गिरी र सन्तोष सेन भिड्ने

नेपालखबर
कात्तिक १२, २०८० आइतबार १५:५, काठमाडौँ

यो वर्षको दसैँ सकिएको छ। नेपाली फिल्म उद्योगका लागि यो वर्षको दसैँ व्यापार औसत रह्यो। 

नारायण रायमाझी निर्देशित फिल्मले रिलिजको पहिलो साता ठिकै व्यापार गर्यो। दोस्रो सातामा आएपछि माउथ पब्लिसिटीका कारण केहि व्यापार बढेपनि रेकर्ड ब्रेक गर्ने खालको व्यापार गर्न सकेन। 

उद्योगमा अपेक्षा गरिएको फिल्म ‘पशुपतिप्रसाद २, भष्मे डन’ले पनि खासै राम्रो ब्यापार गर्न सकेन। यो दसैंमा यी दसई फिल्म भिड्ने अवस्थामा थिए।

तर, दुवै निर्माताको समझदारीमा एकसाताको अघिपछिमा फिल्म रिलिज गरे। यो वर्षको दसैं सकिए लगत्तै अर्को दसैंको भिडन्तको चर्चा सुरु भैसकेको छ। 

अर्को वर्षको दसैँको फूलपातिमा निर्माता तथा निर्देशक सन्तोष सेन र निर्माता तथा कलाकार दीपकराज गिरीको फिल्म एक आपसमा भिड्ने भएका छन्।

सेनले फिल्म ‘बलिदान’ अर्को वर्षको दसैंका लागि रिलिज डेट तोकिएको छ। यो फिल्मको औपचारिक रुपमा रिलिज डेट यहि तिहारमा टिजर सहित सार्वजनिक गर्ने सेनको तयारी छ। 

यता, फिल्म उद्योगमा ब्लकबस्टर फिल्म दिँदै आएका दीपकराज गिरीले पनि आगामी वर्षको दसैँमा आफ्नो फिल्म रिलिज गर्ने घोषणा गरेका छन्।

गिरीले यसपटक फिल्म ‘छक्का पन्जा ५’ बनाउँछन् या अर्को फिल्म तय भएको छैन्। तर, आउँदो वर्षको दसैंमा फिल्म रिलिज भने पक्का गर्ने गिरीले बताउँदै आएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .