ad ad

कला


अमेरिकाको १२ सहरमा गुन्जिँदै अस्मिता र हर्कुलस

अमेरिकाको १२ सहरमा गुन्जिँदै अस्मिता र हर्कुलस

नेपालखबर
कात्तिक १, २०८० बुधबार १२:५५, काठमाडौँ

गायिका अस्मिता अधिकारी र गायक हर्कुलस बस्नेतले अमेरिकामा पहिलो पटक साङ्गीतिक यात्रा गर्ने भएका छन्। 

नेपालीहरूको महान् चाड दसैँ र तिहारलाई मध्यनजर गर्दै अमेरिकाको १० स्टेटको १२ सहरमा उक्त कार्यक्रम हुने भएको हो। 

ड्यालस, एक्रोन ओहायो , बोस्टन, न्यु योर्क, स्यानफ्रान्सिको, साक्रामेन्टो, सियाटल, कोलम्बस ओहायो, ह्यारिसवर्ग, बाल्टिमोर, एट्लेन्टा र भर्जिनियामा हर्कुलस र अस्मिताले दर्शक नचाउने भएका हुन्। अक्टोबर २१ बाट सुरु हुने उक्त कार्यक्रम नोभेम्बर २५ मा सम्पन्न हुनेछ। 

लीभ एट प्रीजेन्टले आयोजना गरेको कार्यक्रमको नाम भने फर्स्ट युएसए म्युजिकल यात्रा राखिएको छ। 

कार्यक्रममा फुजोन इन्टरनेशनल , कोसेली इभेन्ट्स र प्लानेट ३ फिल्म्सको पनि सहकार्य रहेको छ। कार्यक्रमको लागी आफूहरू निकै उत्साहित रहेको हर्कुलस र अस्मिताले बताएका छन्। 

अमेरिकामा रहेका नेपाली दाजु भाइ र दिदी बहिनीसँग यस पटकको दसैँ सङ्गीतमय रहने भएकाले पनि आफूहरू एकदमै उत्साहित रहेको उनीहरूको भनाइ छ। 

हर्कुलसका ‘के यो माया होँ , ‘माया संसार’, ‘हिजो भन्दा आज’ लगायत गीतहरू चर्चित छन्। यसै गरी अस्मिता पछिल्लो समय निकै चर्चा र स्टेज कार्यक्रममा माग भएकी गायिका हुन्। 

युवा पुस्ता माझ आफ्नो छुट्टै पहिचान बनाउन सफल अस्मिताले चलचित्र पार्श्व गायनमा पनि आफूलाई स्थापित गरिरहेकी छिन्। उनको पछिल्लो गीतहरू ‘परेली झिम झिम भो’, ‘काले केटाले’ चर्चित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .