मराठा साम्राज्यका शुरवीर सैनिक तानाजीको आदम्य साहस देखाइएको फिल्म ‘तानाजीः द अनसङ वारियर्स’ले रिलिजको तेस्रो हप्ता पनि उत्साहजनक कमाई गरिराखेकाे छ।
अजय देवगन, काजोल, सैफअलि खानको मुख्य भूमिका रहेको तानाजी तेस्रो हप्ताको पहिलो आइतबारको कलेक्सनमा ‘बाहुबली’, ‘टाइगर जिन्दा है’सहित ९ अत्याधिक सफल चलचित्रलाई पछाडि पारेको छ।
बजार विश्लेषक तरण आर्दशका अनुसार १० जनवरीमा रिलिज भएको फिल्मले तेस्रो हप्ताको आइतबार मात्रै १२.५८ करोड कमाएको छ। योसहित फिल्मले सोमबारसम्ममा २२४.९३ करोड कमाइ सकेको छ।
तेस्रो हप्ताको आइतबार सर्वाधिक कमाइ गर्नेमा ‘बाहुबली २’ १७. ७५ करोड र ‘दंगल’ १४.३३ करोडको रेकर्ड कायमै छ। तेस्रोमा रहेको पिकेलाई ११.५८ करोडलाई पछाडि पार्दै तानाजी आएको हो।
तानाजीले पिके ११.५८ करोड, कवीर सिंह ९.६१ करोड, सन्जु ९.२९ करोड, उरी ९.२० करोड, बजरंगी भाइजान ९.०७ करोड, टाइगर जिन्दा है ८.२७ करोड, पद्मावत ८ करोड, धूम ३ ५.७५ करोड, वार ५.६० करोड, बाहुबली ५.११ करोड र सुल्तान ५.१४ करोडको रेकर्डलाई पछाडि पारेको हो।
Shares
प्रतिक्रिया