ad ad

कला


‘मदनकृष्णको मुड’ हेरेपछि ओलीले भने– सोचेको कुरा साँच्चै भयो

‘मदनकृष्णको मुड’ हेरेपछि ओलीले भने– सोचेको कुरा साँच्चै भयो

शुक्रबार साँझ ‘मदनकृष्णको मुड’ कार्यक्रममा सहभागी हुने क्रममा कलाकार मदनकृष्ण श्रेष्ठसँग भेट गर्दै पूर्वप्रधानमन्त्री केपी ओली।


नेपालखबर
असोज २०, २०८० शनिबार ८:५४, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कलाकार मदनकृष्ण श्रेष्ठको एकल गायन प्रत्यक्ष सुन्न पाएकामा खुसी व्यक्त गरेका छन्। 

शुक्रबार साँझ काठमाडौँमा आयोजित ‘मदनकृष्णको मुड’ कार्यक्रममा सहभागी भएपछि ओलीले आफूले सोचेको कुरा पुगेको बताएका हुन्।

‘कहिलेकाहीँ यस्तो भइदिए पनि हुन्थ्यो भनेर मनले सोचेका कुरा साँच्चै भइरहेको हुन्छ’, एमाले अध्यक्ष ओलीले शनिबार बिहान सामाजिक सञ्जालमा तस्बिरसहित लेखेका छन्, ‘हिजो त्यस्तै भयो। हाम्रा प्रख्यात् कलाकार मदनकृष्ण श्रेष्ठको एकल गायन सुन्ने/हेर्ने मौका मिल्यो। उहाँकै अगाडि बसेर गीत सुनियो, भनाइ सुनियो, बेलाबेला हाँसियो, बेलाबेला भावुक पनि भइयो।’

त्यस अवसरमा महत्त्वपूर्ण भेटघाटको पनि अवसर जुरेको ओलीले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .