कला


करोड भ्युज पाएको ११ गीतको संग्रह ल्याए दीपक शर्माले

करोड भ्युज पाएको ११ गीतको संग्रह ल्याए दीपक शर्माले

नेपालखबर
असोज १९, २०८० शुक्रबार १७:३५, काठमाडौँ

संगीतकार दिपक शर्माले युट्युवमा एक करोड भन्दा बढी भ्युज पाएको आफूद्धारा संगीतवद्ध ११ वटा आधुनिक, लोकपप गीतहरुको स‌ग्रह ‘दिपक शर्माका संगीतवद्ध करोड क्लबका लोक आधुनिक गीतहरु’ सार्वजनिक गरेका छन्।

शुक्रबार काठमाडौंमा एक समारोहबीच संगीतकार शर्माका बुबा हरिलाल जैसी, गायक रामकृष्ण ढकाल, गीतकार डब्बु क्षत्री, गीतकार राधिका अधिकारी र संगीतकार दिपक शर्मा आफैंले यो गीति सँग्रह सार्वजनिक गरेका हुन्।

अहिलेसम्मको सर्वाधिक १० करोड भ्युज पाएको नेपाली आधुनिक गीत पिरेम नलाउने सहित ११ वटा गीतलाई दिपकको यो सँग्रहमा समेटिएको छ।

जसमा दिपकको रचना र संजिव पराजुलीको स्वरको छैन मलाई पिर..., दिपकको रचना र प्रमोद खरेलको स्वर रहेको छुट्टिएर तिमीसँग..., दीपककै शब्द र मेलिना राई एवम् पदम राईको स्वरको पछिपछि लागेर..., दिपकको शब्द र रुपेश चन्द्रको स्वर रहेको बालखैमा दिल बस्यो..., सरोज ओलीको शब्द तथा सरोज र मेलिना राईको स्वर रहेको ए है मायाँ...गीत सँग्रहित छ। 

यस्तै यो सँग्रहमा दिनेश थपलियाको शब्द र सरोज ओली एवम् मेलिना राईको स्वरको अर्को जुनी खै कुन्नी..., सरोज ओलीको शब्द र मेलिना राई एवम् राजेश पायल राईको स्वरको फुल फूलेको बन..., दिपककै शब्द र सहिमा श्रेष्ठसँगै संदिप न्यौपानेको स्वरको ओकल दोकल..., अमर बान्तुको शब्द र धु्रब बिस्को एवम् सहिमा श्रेष्ठको स्वरको सिल्की कपाल...र घनश्याम ओलीको शब्द र मेलिना, रचना, अस्मिता, एलिनाको स्वर रहेको आयौ चेली...जस्ता एक करोड भन्दा बढी भ्युज पाएको गीत यो एल्बममा सँग्रहित छ।

यी बाहेक चलचित्रका ६ वटा र अन्य ४ वटा गरेर अरु १० वटा गीतहरुले पनि युट्युवमा एक करोड भन्दा बढी भ्युज पाएको पनि संगीतकार दीपक शर्माले कार्यक्रममा बताए।

जीवनमा पहिलो पटक छोराको गीति सँग्रह विमोचन गर्न पाउँदो साह्रै खुसी लागेको बुबा हरिलाल जैशीले कार्यक्रममा बताए। विमोचन समारोहमा उनी निक्कै भावुक भएका थिए।

गायक रामकृष्ण ढकालले अहिलेको पुस्ताका संगीत आफुद्धारा संगीतबद्ध सबै गीतहरु हिट मनाउने नायकको रुपमा संगीतकार दिपक शर्मा परिचित रहेको बताए।

मुख्य गरेर लोकलयमा आधारित रहेर गीतसंगीत सृजना गर्ने भएकाले पनि दिपकद्धारा संगीतबद्ध सबै गीतहरू लोकप्रिय हुनुका साथै करोड क्लबमा पुग्ने गरेको उनको भनाई थियो। 

यस्तै गीतकार डब्बु क्षत्रीले बजारमा दिपक शर्माको गीत आउनासाथ दर्शकले औधी मन पराउने बताए।

नेपालमा सबैभन्दा बढी युट्युबमा करोड भ्युज कमाउने संगीतकारमा दीपक शर्मा नै पहिलो स्थानमा रहेको पनि गीतकार क्षत्रीले जिकिर गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad