ad ad

कला


अनमोल केसीलाई आज अदालत लाने तयारी, छुट्लान् कि हिरासत जालान्?

अनमोल केसीलाई आज अदालत लाने तयारी, छुट्लान् कि हिरासत जालान्?

फाइल तस्बिर : अभिनेता अनमोल केसी


नेपालखबर
असोज १४, २०८० आइतबार ८:४६, काठमाडौँ

‘आपराधिक विश्वासघात’को आरोपमा प्रहरीले पक्राउ गरेका अभिनेता अनमोल केसीलाई आज (आइतबार) अदालत लगिँदै छ। 

‘रावायण’ फिल्ममा अभिनयका लागि १० लाख रुपैयाँ लिएर पनि सुटिङमा नआएर धोका दिएको भन्दै निर्माताले जाहेरी दिएपछि प्रहरीले अभिनेता केसीलाई शुक्रबार काभ्रेबाट पक्राउ गरेको हो।

काठमाडौं परिसरका प्रवक्ता एसपी कुमोद ढुंगोलका अनुसार उनलाई पक्राउ परेकै दिन शुक्रबार राति अस्पताल भर्ना गरिएको हो। पछिल्लो समय विभिन्न अभियोगमा पक्राउ परेका भीभीआईपीहरू हिरासत नबसेर अस्पताल भर्ना हुने प्रचलनजस्तै बन्दै गएको छ।

अभिनेता अनमोललाई आज जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउने तयारी प्रहरीले गरेको छ। अदालतले अनुमति दिए अनमोल हिरासतमै रहनेछन्। तर पीडितसँग सहमति भए वा हिरासतमा राख्न अदालतले अनुमति नदिए आजै छुट्ने सम्भावना पनि छ।

निर्माताले फिल्म ‘रावायण’ सुटिङका लागि एक करोड ५ लाख रुपैयाँ खर्च भइसकेको बताएका छन्। 

६५ जना प्राविधिकलाई पनि पारिश्रमिक दिइसकेको र सबै गरेर त्यतिरकम खर्च भइसकेको निर्माताले प्रहरीसामु दाबी गरेका छन्।

फिल्म सुटिङ नभएपछि निर्माताले पारिश्रमिकबापत दिएको रकम फिर्ता मागेका थिए। तर प्राविधिकहरुले त्यो रकम घर खर्च भइसकेको र तिर्न नसक्ने काम गर्ने बताएपछि निर्माता र प्राविधिक प्रहरी गुहार्न पुगेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .