ad ad

कला


‘टाइगर ३’ को टिजर रिलिज, रुचाइयो सलमानको एक्सन

‘टाइगर ३’ को टिजर रिलिज, रुचाइयो सलमानको एक्सन

नेपालखबर
असोज ११, २०८० बिहिबार १२:३१, काठमाडौँ

बलिउड अभिनेता सलमान खानको नयाँ फिल्म ‘टाइगर ३’ को टिजर सार्वजनिक भएको छ। 

डेढ मिनेको उक्त टिजरमा सलमानको एक्सन र डाइलग निकै रुचाइएको छ।

भारतीय सञ्चार माध्यमले सलमानको आउँदै गरेको ‘टाइगर ३’ फिल्मको प्रशंसनीय पक्ष उनको एक्सन र डाइलगलाई मानेका छन्।

टिजरमा सलमान टाइगरजस्तै पात्रको भूमिका रहेका छन्। यसले सलमानले फेरि एकपटक दर्शक र फ्यानको मन जित्ने अपेक्षा गरिएको छ।

भारतीय सञ्चार माध्यम र सामाजिक सञ्जालमा उनको भूमिकाको निकै प्रशंसा भइरहेका छन्।

टिजरमा देखिएअनुसार सलमान अनिनाथसिंह राठोरको पात्रमा छन्। टिजरमा उनका ५ वटा डाइलग सानदार रहेको भारतीय मिडिया आजतकले रिभ्यु गरेको छ। 

उक्त पात्रमा उनले डाइलगमा भन्छन, ‘मेरा नाम अनिनास सिंह राठौर हैँ, पर मैंँ आप सभी के लिएँ टाइगर हुँ।’

यसअघि टाइगर १ र २ ले बलिउडमा धमाका मच्चाएपछि त्यसको सिक्वेलको रुपमा सलमानले ‘टाइगर ३’ फिल्म खेलेका हुन्। उक्त फिल्म आउने इद पर्व आसपासमा रिलिज हुने तयारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .