गायिका काव्य आचार्यको नयाँ गीत सार्वजनिक भएको छ।
काव्यको स्वरमा बुधबार बिहान ‘ऐना र काइँयो’ बोलको गीत सार्वजनिक भएको हो।
सार्वजनिक गीतमा गायक आलिफ खानले गायिका आचार्यलाई गायनमा साथ दिएका छन्।
रविन्द्र लामिछानेको शब्द संगीत रहेको गीतमा पवन रानाभाटले संगीत संयोजन गरेका छन्।
गीतको लिप्सिङ भिडिओ पनि सार्वजनिक गरिएको छ। भिडिओमा गायिका आचार्य र गायक खान देखिएका छन्।
रामकुमार केसीले छायांकन गरेको भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका हुन्। लाइमलाइटले निर्माण गरेको भिडियो निर्देशन सुजन शर्मा पोख्रेलले गरेका हुन्।
186
Shares
प्रतिक्रिया