ad ad

कला


केकी र रिमासँग ‘ह्याप्पी डिभोर्स’ गर्दै विमलेश

केकी र रिमासँग ‘ह्याप्पी डिभोर्स’ गर्दै विमलेश

नेपालखबर
असोज २, २०८० मंगलबार १८:३५, काठमाडौँ

अभिनेता तथा मोडल विमलेश अधिकारी अब निर्देशक बन्ने भएका छन्। उनले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो निर्देशनमा निर्माण हुने सिनेमाको शिर्षक तथा मुख्य कलाकारसहितको टिम चिनाएका छन्।

उनले निर्देशन तथा अभिनय गर्ने सिनेमाको नाम ’ह्याप्पी डिभोर्स’ राखिएको छ। सिनेमामा उनका अलवा केकी अधिकारी र रिमा विश्वकर्माको पनि मुख्य भुमिका रहनेछ। अर्को वर्ष अर्थात् २०२४ को जनवरीमा छायांकनमा जाने सिनेमाको रिलिज समेत यही वर्ष गरिनेछ। सिनेमा अन्य केही कलाकारहरु अनुबन्धित गर्न बाँकी नै रहेको अभिनेता अधिकारीले बताए।

मंगलबार नै सिनेमाको कथासार बुझाउने म्युजिकल प्रिभ्यु समेत सार्वजनिक गरिएको छ। 

सिनेमाको सार्वजनिक म्युजिकल प्रिभ्युमा मुख्य कलाकार केकी अधिकारी र रिमा विश्वकर्माका अलवा निर्देशक अधिकारी समेत देखिएका छन्। विशाल पोखरेलको संगीतमा तयार भएको शीर्ष गीतमा सुरेश लामा र ममता गुरुङको स्वर सुन्न सकिन्छ।

निर्देशक तथा अधिकारीको कन्सेप्टमा निर्माण हुने सिनेमाले नयाँ सुरुवात, स्वतन्त्रता र राम्रो भविष्यको कथा भन्ने छ। साथै, राम्रैसँग चलिरहेको एक जोडीको वर्तमान अवस्था र त्यसलाई भविष्यमा अझै राम्रो बनाउन चाल्ने कदमलाई नजिकबाट देखाउन प्रयास आफ्नो टिमको रहने निर्देशक अधिकारी बताउँछन्।

लामो समयदेखि आफ्नो दिमागमा खेलिरहेको एउटा सुन्दर कथालाई दर्शकमाझ प्रस्तुत गर्न लागेको विमलेशको दाबी छ।

अभिनेत्री केकी अधिकारीले पनि समाजलाई डिभोर्स सहज बाटो हो भन्ने सन्देश सिनेमाले नदिने बताइन्। हाम्रो समाजले अझै पनि डिभोर्सलाई सहज रुपमा स्विकार गरिसकेको छैन्। त्यसैले पनि समाजमा गलत सन्देश नपुगोस भन्ने कुरामा आफुहरु सजग रहेको उल्लेख गरिन्।

यता अभिनेत्री रिमा विश्वकर्माले पनि सिनेमाले डिभोर्स नै समस्याको समाधान नरहेपनि जीवनमा आइपर्ने अप्ठेरा पाटोलाई कुनै न कुनै रुपमा अगाडी बढ्न सिकाउने बताइन्। एउटा मान्छेले कहिल्यै पनि करियर र परिवारलाई एकसाथ अगाडी बढाउन खोज्दा करियर र परिवारमा एउटा रोज्नु पर्ने परिस्थितिलाई सिनेमाले नजिकबाट देखाउने दाबी गरिन्।

सेभेन कलर्स डिजिटलको व्यानरमा निर्माण हुने सिनेमामा नवराज उप्रेतीको छायांकन, पुष्करमणि राईको पटकथा, सोनी सिंजाली मगरको ड्रेस डिजाइन, विशाल मोक्तानको मेकअप, सागबाबु भट्टको सहायक निर्देशन, दिपेन गौतम प्रोडक्सन म्यानेजर र कलर तथा सम्पादन टेकेन्द शाहको रहनेछ। 

कुनै बेला म्यूजिक भिडियोमा निकै रुचाइएका विमलेश पछिल्लो पटक २०७३ सालमा प्रदर्शनमा आएको सिनेमा ‘जंगबहादुरको कोट’मा देखिएका थिए। त्यसपछि अमेरिकालाई कर्मथलो बनाएका उनल ‘तुलसी’, ‘मुटु’, ‘ब्रेकफेल’, ‘मेरो बेष्ट फ्रेन्ड’, ‘को हुँ म ?’ लगायतका सिनेमामा पनि अभिनय गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .