ad ad

कारोबार


सीजीको चाडपर्व अफर : ‘सीजीले घर सजाऔं, खुशीले चाड मनाऔं’

सीजीको चाडपर्व अफर : ‘सीजीले घर सजाऔं, खुशीले चाड मनाऔं’

नेपालखबर
भदौ २७, २०८० बुधबार १९:२२, काठमाडौँ

सीजी ब्रान्डले आफ्ना ग्राहकहरूलाई चाडबाडमा खुशी पार्न ‘सीजीले घर सजाऔं, खुशीले चाड मनाऔं’ भन्ने चाडपर्व प्रवर्द्धन योजना सुरु गरेको छ।

नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा होम अप्लाइन्सेज ब्रान्ड सीजीले दशैं र तिहारको अवसरमा चाडपर्व योजना ल्याएको छ।

यस योजना अन्तरगत ग्राहकहरूले कुनै पनि सीजी ब्रान्डका उत्पादनहरू खरिद गर्दा क्यासब्याक र आकर्षक पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन्। ग्राहकहरुले रु ५६ हजार ४०० सम्म बचत गर्ने अवसर प्राप्त गर्ने छन्।

सिमित समयको लागि दिइएको यस योजना यही भाद्र २५ गते देखि नेपाल अधिराज्यभरी लागू गरिएको छ। 

यस योजनाका अन्य आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, ० प्रतिशत नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम अन्तरगत लोयल्टी सदस्यले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउन सकिनेछ।

यो योजनाका आर्कषणहरु र थप जानकारीका लागि क्यूआर कोड स्क्यान गर्नुपर्ने छ।  यो योजनामा उल्लेखित अफरहरु तोकिएको अवधिभित्र नेपालभरका सबै सीजी ब्रान्डका आधिकारिक डिलरहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ।

यो योजना सीजी ब्रान्डका सबै इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, वाशिङ मेसिन, माइक्रोवेभ ओभन, डिशवाशर, एयर कन्डिसन, भ्याकुम क्लिनर र स्पिकरहरूमा उपलब्ध छन्।

थप जानकारी प्राप्त गर्नका लागि ग्राहकहरूले सीजी ब्राण्डको आधिकारिक वेबसाइट र यसका सामाजिक सञ्जालहरूमा जान सक्नेछन्। 

सीजी ब्राण्डले देशैभर रहेका आफ्नो बलियो बिक्री संजाल मार्फत आफ्ना उपभोक्ताहरुलाई सेवा सुविधाहरु दिँदै आएको छ। गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गदै, सीजी ब्राण्डले विगत लामो समय देखि नेपाली जनताको जीवनलाई सहज बनाउँदै आएको छ।

सीजी मेरिडिया, इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरूको प्रिमियम ब्राण्ड हो, जुन सीजी ब्रान्डको पोर्टफोलियोमा सबैभन्दा नयाँ थपिएको सब–ब्रान्ड हो। सीजी मेरिडियाको अति परिष्कृत डिजाइन र प्राविधिक उत्कृष्टताले गर्दा विश्वका उत्कृष्ट ब्राण्डहरूसँग दाँज्न मिल्छ।

यस प्रिमियम सेगमेन्टको सुरुवातसँगै सीजी ब्रान्ड, उत्कृष्ट ब्राण्ड खोज्ने नेपाली ग्राहकहरूलाई थप छनौटको अवसर मिलेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .