ad ad

कला


बबिराज कार्की बने ‘फेस अफ द नेशन’

बबिराज कार्की बने ‘फेस अफ द नेशन’

नेपालखबर
भदौ १०, २०८० आइतबार १३:८, काठमाडौँ

बबिराज कार्की ‘फेस अफ द नेशन २०२३’ घोषित भएका छन्। 

शनिबार साँझ राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम पतिस्पर्धामा १५ प्रतिस्पर्धीलाई उछिन्दै कार्कीले शीर्ष उपाधी जितेका हुन्।

त्यसैगरि आलोक महर्जनले फस्ट रनर अपको उपाधिसँगै बेष्ट ट्यालेण्टको अवार्ड हात पारे भने शुभेक्षा बस्नेतले सेकेन्ड रनर अपको उपाधिसहित ‘भ्युअर च्वाइस’को अवार्ड हात पारिन्। 

विधागत अवार्डतर्फ पब्लिक च्वाईसमा आशिष थापा मगर र पब्लिक च्वाइसकै रनर अपमा प्रकृति तामाङ विजयी भए।

मोडल संघ नेपालद्वारा आयोजित प्रतियोगितामा छनोटचरण पार गरेर आएका प्रतिस्पर्धीहरुको व्यक्तित्व विकास तथा मोडलिङ क्षमता अभिवृद्धिसम्बद्ध करिब एक महिना लामो प्रशिक्षण पश्चात् प्रतिस्पर्धीहरुलाई अन्तिम प्रतिस्पर्धामा स्टेजमा उतारिएको आयोजक संस्थाकी अध्यक्ष सरस्वस्ती दंगालले बताइन्।

रोजिन शाक्यको कोरियोग्राफी तथा परमानन्द चौधरीको निर्देशनमा सञ्चालित प्रतियोगितामा सरोज ओझा, रेजिना तुलाधर, महेश केसी, माधवराज खरेल, विनोद ढकाल, डा.रमानन्द चौधरी, मनोज जोशी र शुभेक्षा ढकाल निर्णायक थिए।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .