‘नेक्स्ट सुपर मोडल नेपाल २०२३’को उपाधि गायत्री गोसाईले जितेकी छन्। काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न अन्तिम स्पर्धामा गोसाईले शीर्ष उपाधिसँगै मस्ट पपुलर अवार्डसमेत आफ्नो पोल्टामा पार्न सफल भइन्।
त्यस्तै, संगीना इटनीले फर्स्ट रनर अपको उपाधिसँगै मिस फोटोजेनिक अवार्ड हात पारिन्। प्रतियोगितामा वेस्ट ड्रेस सुष्मा तामाङ, मिस ट्यालेन्ट उषा पुन र वेस्ट वाक आस्था श्रेष्ठ घोषित भइन्।
मोडल संग्स नेपालको आयोजनामा भएको प्रतियोगितामा रोजिन शाक्यको कोरियोग्राफी थियो। परमानन्द चौधरीको निर्देशनमा सञ्चालित प्रतियोगितामा दीपक घिमिरे, रेजिना तुलाधर, धीरज तण्डुकार, प्रमिला सिलवाल र सजिना विष्ट त्रिपाठी निर्णायक मण्डलमा थिए।
करिब एक महिना लामो प्रशिक्षणपश्चात् प्रतिस्पर्धीलाई अन्तिम स्पर्धामा स्टेजमा उतारिएको आयोजक संस्थाका अध्यक्ष स्वस्ती दंगालले जानकारी दिए।
Shares
प्रतिक्रिया