कला


रणवीरले गणितमा ल्याएका थिए जिरो नम्बर, अनि त्यसबाट पनि १० नम्बर घटाइयो

रणवीरले गणितमा ल्याएका थिए जिरो नम्बर,  अनि त्यसबाट पनि १० नम्बर घटाइयो

नेपालखबर
साउन ६, २०८० शनिबार १२:०, काठमाडौँ

रणवीर सिंह हिन्दी सिनेमाका उत्कृष्ट अभिनेता मध्ये एक हुन्। फिल्ममा मात्रै होइन, अजीबोगरिब लुगाले उनी पर्दाबाहिर पनि चर्चामा रहन्छन्।

उनी यतिबेला अभिनेत्री आलिया भाटका साथ आफ्नो आगामी फिल्म 'रकी और रानी की प्रेम कहानी'को प्रमोसनमा व्यस्त छन्। करण जोहरको साथमा इन्टरनेशनल मुभमेन्ट टु युनाइटेड नेसन्स कार्यक्रममा पुगेका उनले १०० सहरका ५० हजार विद्यार्थीसँग अन्तर्क्रिया गरेका छन्। यसैबीच उनले एक कार्यक्रममा विद्यार्थीलाई सोधे, 'तपाईंहरूले कुनै परीक्षामा १०० मा माइनस १० नम्बर पाउनुभएको छ?'

उनको प्रश्न सुनेर विद्यार्थीहरूबीच अट्टहाँस फैलियो। किनभने, सबैभन्दा कम नम्बर नै शून्य हो। कुनै पनि विषयको परीक्षामा शून्यभन्दा तल झर्ने ठाउँ हुँदैन। तर रणवीरले आफूले स्कुल पढ्दा गणितमा माइनस १० नम्बर पाएको किस्सा सुनाए।

उनले भने, ‘मैले शून्य नम्बर ल्याएको छु, एकपटक गणितको पेपरमा सयमा शून्य नम्बर आयो। अनि मैले पेपर जाँच्नुमा कमजोरी भएको भन्दै म्यामसँग डिसकस गरेँ। अनि उहाँले त्यसमा पनि १० नम्बर काट्नुभयो र मैले माइनस १० नम्बर पाएँ।'

उक्त रमाइलो किस्सा यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सामाजिक सञ्जालमा फ्यानहरूले भिडि‌ओ सेयर गरिरहेका छन्।

रमाइलो प्रसंगमा भनिएको उक्त किस्सामा फ्यानहरू रमाइरहेको देखिन्छ।

रणवीर र आलियाको यो फिल्म २८ जुलाईमा हलमा रिलिज हुँदैछ। फिल्ममा रणवीर धनी पञ्जाबी केटाको भूमिकामा देखिनेछन् भने आलिया भट्ट बंगाली केटीको भूमिकामा देखिनेछिन्। फिल्मलाई करण जोहरले निर्देशन गरेका हुन्।

रणवीर र आलियाका अलावा फिल्ममा धर्मेन्द्र, जया बच्चन र शबाना आजमी पनि मुख्य भूमिकामा देखिनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .