गत वर्ष कोक स्टुडिओ पाकिस्तानको १४ औँ सिजनमा रिलिज भएपछि सबैभन्दा चर्चित बनेकोमध्ये एक गीत थियो– पसुरी। अलि सेठी र साइ गिलले गाएको यो गीत धेरैको मुखमा झुण्डिन पुगेको थियो।
सोमबार यसको हिन्दी संस्करण सार्वजनिक गरियो, टी सिरिजमार्फत। लगत्तै यसको चर्को आलोचना सुरु भएको छ। सामाजिक सञ्जाल मिमहरुले भरिएका छन्।
थुप्रैले यो रिमेक अनावश्यक भएको बताएका छन्।
कार्तिक आर्यन र कियरा आडवाणी अभिनित आउँदो बलिउड फिल्म सत्यप्रेम की कथामा राखिएको यो पसुरी नु गीतले धेरैको चित्त बुझाउन सकेको देखिएन।

‘राम्रो प्रयास, आइन्दा प्रयास नगर्नुस्,’ एक जनाले लेखेका छन्।
‘भारतीय गीत बिगारिसकेर टी सिरिज अब पाकिस्तानी गीत बिगार्न थाल्यो,’ अर्काले लेखेका छन्।
केहीले भने अरिजित सिंहको गायकीको प्रशंसा गरेका छन्।
111
Shares

प्रतिक्रिया