कला


पहिलो ‘मिस मगर इन्टरनेसनल’ बनिन् प्रतिमा, जितिन् ४ लाख पुरस्कार

पहिलो ‘मिस मगर इन्टरनेसनल’ बनिन् प्रतिमा, जितिन् ४ लाख पुरस्कार

तस्बिर पनि : रासस


नेपालखबर
जेठ २८, २०८० आइतबार ८:२७, काठमाडौँ

यसै वर्ष सुरु ‘मिस मगर इन्टरनेसनल २०२३’ को उपाधि प्रतिमा आले मगरले जितेकी छन्। शनिबार साँझ आयोजित अन्तिम प्रस्तिस्पर्धामा १२ जनालाई पछि पार्दै उनले नगद रु चार लाखसहित उपाधि जितेकी हुन्।

कार्यक्रमको निर्णायकमध्येकी एक माल्भिका सुब्बाले सामाजिक सञ्जालका तर्फबाट तपाई‌ंले मगर संस्कृतिलाई कसरी प्रचार गर्नुहुन्छ भनेर सोधिएको प्रश्नमा सटिक उत्तर दिएपछि मगर विजेता घोषणा भएकी हुन्। 

विजेता बनेसँगै मगरले सपनाको एउटा खुड्किलो उक्लिएको बताइन्। “पहिलो सिजनमै विजेता बने, दायित्व पनि महसुस भएको छ। संस्कृतिको प्रवर्द्धनमा मेरो भूमिका हुनेछ”, उनले भने। 

यस्तै अन्तिम प्रतिस्पर्धामा स्मृति ठाडामगर उपविजेता र क्लिया थापामगर दोस्रो बनिन्। उनीहरूले क्रमशः रु दुई लाख र एक लाखसमेत प्राप्त गरे।

कार्यक्रममा सुब्बासँगै अभिनेत्री मिरुना मगर, अभिनेता अनुपविक्रम शाही, मोडल रिना थापामगर, हिमाल राना, सङ्जोग लाफामगर, अलिगिभा पुनमगर र रुद्र सिरिजमगरले निर्णायकको भूमिका निर्वाह गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad