ad ad

कला


इरफानलाई सम्झिँदै बाबिल भन्छन्- जिन्दगीकै सुन्दर क्षण गुमाएँ

इरफानलाई सम्झिँदै बाबिल भन्छन्- जिन्दगीकै सुन्दर क्षण गुमाएँ

फाइल तस्बिर


नेपालखबर
जेठ १५, २०८० सोमबार ११:२०, काठमाडौँ

दिवंगत अभिनेता इरफान खानका छोरा बाबिल खानले फिल्म ‘काला’बाट उत्कृष्ट डेब्यु अभिनेताको अवार्ड हात पारे।

अवार्ड समारोहमा उनी आमा सुतपा सिकदारसँग पुगेका थिए। बाबिलले अवार्ड उचाल्दै गर्दा आफ्ना पिताको सम्झना गरे। उनले आफ्नो एक्लो र सबैभन्दा प्रिय साथी इरफान भएकाले खुशीको समयमा मिस गरेको बताए। 

मिडियाले उनलाई उनका बुबा इरफानको बारेमा प्रश्न गरेका थिए। जवाफमा उनले भने, ‘म मेरो जीवनको हरेक दिन उनको याद गर्छु। म हुर्किँदै गर्दा मेरो धेरै साथीहरू थिएनन्, त्यसैले उनी मेरो मात्रै मेरा साथी थिए। बुवासँग बस्नु र हाँस्नु मेरो जीवनको सबैभन्दा सुन्दर सम्झना हो। मैले त्यो सुन्दर समय गुमाए।’

बाबिललाई कुराकानीको क्रममा सोधियो, ‘कलाका लागि अवार्ड पाउनु भयो भने यो सफलताको आनन्द कसरी लिनुहुन्छ?’ जवाफमा बाबिलले भने, ‘मैले अवार्ड जित्छु भनेर सोचेको थिइँन। यो मेरो पहिलो अवार्ड र मेरो बुवाको ५०औँ अवार्ड हो। यो अवार्ड बुवाको सेल्फमा राख्छु र शान्तसँग काम गर्छु।’

बाबिललाई इरफानको कुन फिल्मको रिमेक गर्न मन लाग्छ भनेर सोधिएको थियो। उनले भने पिताका कुनै पनि फिल्म रिमेक गर्नु नपर्ने बताए। भने, ‘बाबाको अभिनयलाई किन रिमेक गर्ने प्रयास गर्ने? मलाई लाग्छ कि उनले साँच्चै राम्रो काम गरेका छन्। उनले अभिनय गरेका फिल्मको रिमेक जरुरी छैन।’

बाबिलले आइफा अवार्डमा सर्वोत्कृष्ट डेब्यू अभिनेताको अवार्ड उचालेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .