ad ad

कला


अभिनेत्री विपना थापालाई ‘युग नायिका’को उपाधि

अभिनेत्री विपना थापालाई ‘युग नायिका’को उपाधि

नेपालखबर
जेठ १४, २०८० आइतबार १७:०, काठमाडौँ

नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री विपना थापालाई शनिवार ‘युग नायिका’ को उपाधि प्रदान गरिएको छ।

२०५० को दशककी यी सफल अभिनेत्रीलाई टच इन्टरटेन्मेन्ट एण्ड स्पर्श फिल्म्स, पेजेन्ट नेपाल ईन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्त रुपमा आयोजना गरेको तेस्रो संस्करणको स्पर्श म्युजिक भिडिओ अवार्ड–२०२३ मा ‘यूग नायिका’ को रुपमा सम्मानित गरिएको हो।

अभिनेत्री थापालाई उनले अभिनय गरेको पहिलो नेपाली फिल्म जन्मभूमी’ का निर्देशक तथा चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले दोसल्ला ओढाएर सम्मानित गरेका हुन्। नृत्य निर्देशकहरू राजु शाह, कमल राई तथा छायांकार शिव ढकालले अभिनेत्री थापालाई संयुक्त रुपमा सम्मानित गरेका हुन्।

आईएमई पेद्वारा पावर्ड गरिएको तथा महेरु फेसन एण्ड डिजाइनको प्रस्तुतिमा शनिवार काठमाडौंमा आयोजित यो विशेष समारोह प्रभु बैंकको सहकार्यमा सम्पन्न भएको हो।

समारोहमा अघिल्लो वर्षका उत्कृष्ट म्युजिक भिडियो तथा तीनका स्रष्टालाई पुरस्कृति गरिएको थियो । अवार्डको जूरी सदस्यमा मेकअप आर्टिष्ट ऋतु राणा, लोक गायक नमराज ढुंगाना, गायक नविन कुमार पौडेल, संगीतकार राजेन्द्र बजगाईं तथा मोडल सञ्चिता शाही रहेका थिए।

समारोहमा अभिनेता गोपाल ढकाल छन्दे, मोडल तथा कोरियोग्राफर नरेश वीर सिंह, गीतकार तथा सामाजिक अभियन्ता निर्मला राई परिवेश, गीतकार तथा सामाजिक अभियन्ता शान्ती खत्री, मोडल अंकित कुमार अधिकारी, मोडल नरेश जंग कार्की, मोडल बिपिन खड्का, गायक तथा पत्रकार पुष्पराज तिमिल्सिेना तथा अभिनेता तथा मोडल अयुब केसीलाई सम्मानित गरियो।

समारोहमा नम्रता सापकोटा, ऋचा थापा, प्रनिमा दाहाल, प्रविणा श्रेष्ठ, दावा तामाङ, प्रशान्त मगर तथा किड्स क्यापिटल नेपाल २०२२ तथा २३ का आश्रिया थापा, आरोन श्रेष्ठ, सुहान पुन, मीमिक राना मगर, दिपशन चिलुवाल, इश्लिया गुरुङले विशेष प्रस्तुति दिएका थिए।

समारोहमा राजु शाहलाई लिजेन्ड्रि सिने कोरियोग्राफरको अवार्ड प्रदान गरियो भने रेनशा वान्तवा राईलाई पपुलर सिने डाइरेक्ट (फिमेल) तथा मिलन चाम्सलाई पपुलर सिने डाइरेक्टर (मेल)को अवार्ड प्रदान गरियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .