ad ad

कला


अमेजनले १ करोड ७० लाख डलरमा किन्यो नेपालमा शुटिङ हुने ‘आइस रोड २’

अमेजनले १ करोड ७० लाख डलरमा किन्यो नेपालमा शुटिङ हुने ‘आइस रोड २’

नेपालखबर
जेठ १४, २०८० आइतबार १२:४, काठमाडौँ

नेपालमा शुटिङ हुने हलिउड चलचित्र 'द आइस रोड'को सिक्वेल भाग ‘आइस रोड २ : रोड टु द स्काइ’ अमेजन प्राइमले १ करोड ७० लाख अमेरिकी डलरमा खरीद गरेको छ।

जारी कान्स फिल्म फेस्टिभलमा अमेजनले फिल्म निर्माण टिमसँग अन्तर्राष्ट्रिय प्रसारण तथा वितरण अधिकार खरीद गर्दै सम्झौता गरेको हो।

जोनाथन हेन्सको लेखन र निर्देशनमा बनेको द आइस रोड सन् २०२१ मा बनेको अमेरिकी एक्सन थ्रिलर फिल्म हो। फिल्ममा लियम नीसन, लरेन्स फिसबर्न, बेन्जामिन वाकर, एम्बर मिडथन्डर, मार्कस थोमस, होल्ट म्याकलेनी, मार्टिन सेन्समेयर, म्याट म्याककोय लगायतको भूमिका रहेको थियो।

फिल्ममा खानीमा फसेका कामदारलाई उद्धार गर्ने अभियानका क्रममा जमेको खतरनाक समुद्रमा ट्रक चालकले गरेको संघर्षको कथा देखाइएको थियो। फिल्मलाई औषत प्रतिक्रिया मिलेको थियो।

नेपालमा बन्ने यसको सिक्वेलमा लियम निसनकै मुख्य भूमिका रहनेछ। फिल्ममा म्याकनको भूमिकामा रहेका उनी आफ्ना मृत भाइको अन्तिम इच्छाअनुसार अस्तु सगरमाथामा विसर्जन गर्न नेपाल आउनेछन्। उक्त यात्राका क्रममा आउने द्वन्द्वलाई फिल्ममा देखाउने निर्माण टिमले बताएको छ।

फिल्म सन् २०२४ मा शुटिङ हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .