ad ad

कला


फिल्म सम्झिएर फर्किन् विपना

फिल्म सम्झिएर फर्किन् विपना

नेपालखबर
जेठ १२, २०८० शुक्रबार १४:२१, काठमाडौँ

विपना थापा नेपाली फिल्म उद्योगकी एक समयकी चर्चित नायिका हुन्। उनले उद्योगमा थुप्रै हिट फिल्म दिएकी छिन्।

उद्योगमा नायिकाका रुपमा आफ्नो बाक्लो माग भैरहेका बेला विवाह गरेर भारत पसेकी विपना त्यसपछि घरव्यवहारमै ब्यस्त भइन्। उनी उद्योगमा फर्किनन्। यो बिचमा उनले छोरा हुर्काइन्।

लामो समयको अन्तरालपछि विपनाले उद्योगमा फर्किने संकेत गरेकी छन्। बिहीबार नेपाल आइपुगेकी विपनाले अब आफूले फिल्ममा काम गर्ने बताएकी छन्।

उनले भनेकी छन्, ‘छोरा ठूलो भैसक्यो। म फुर्सदिलो छु। फिल्ममा काम गर्न कुनै समस्या छैन। मलाई म्यूजिक भिडिओमा पनि काम गर्ने रहर छ।’

विपनाले हरिहर अधिकारी र नीता ढुंगानाको फिल्म ‘ह्रस्व दीर्घ’मा साइन गरेकी छन्। फिल्मको दोस्रो चरणको छायांकनमा विपना जोडिने छिन्। आफू सुहाउँदो भूमिकामा अफर गरेको खण्डमा अरु फिल्ममा पनि काम गर्न आफू तयार रहेको विपनाले बताएकी छन्।

स्पर्श म्युजिक भिडिओ अवार्डमा सहभागी हुनका लागि नेपाल आएकी विपनाले आफूलाई सबैथोक नेपालले दिएको उल्लेख गरेकी छन्। एक दशकअघि उद्योगमा राम्रो क्रेज भएकी विपनालाई पुनः फिल्ममा लिन निर्माता तयार हुन्छन्, हुँदैनन् त्यो भने यसै भन्न सक्ने अवस्था छैन।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .