नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन मिलेमतो गरेको आरोपमा पक्राउ परेका शरणार्थी नेता टेकनाथ रिजाल सर्वसाधारणसँग झोँक्किएका छन्।
जिल्ला अदालत काठमाडौंमा बयानका क्रममा लगिएका उनी जिल्ला प्रहरी परिसर काठमाडौंको गाडीबाट ओर्लिएर सर्वसाधारणसँग झोँक्किन पुगे।
बयानका लागि जिल्ला अदालत लगिएपछि फर्किने क्रममा उनी प्रहरीको गाडीबाटै ओर्लिएर सर्वसाधारणसँग नोकझोंकमा उत्रिउ।
बयान दिएपछि प्रहरीले उनलाई आफ्नो भ्यानमा राखिसकेको थियो। सर्वसाधारणले भुटानबाट आएर देश बेच्ने भन्दै आक्रोश पोखेपछि उनी पनि गाडीबाट उत्रिए।
ती सर्वसाधारणाले देश बेचुवा गए भनेर आक्रोश पोखेपछि रिजाल पनि आक्रोशित मुद्रामा उत्रिएर रिस पोख्न भ्याए।
ती सर्वसाधारणले देश बेचुवा भनिदिएएपछि गाडीबाट ओर्लिएका रिजालले को देश बेचुवा? चिन्नु पर्दैन भन्दै औंला उठाएका थिए।
त्यसक्रममा सडकमा रहेका सर्वसाधारण र रिजालबीच विवाद भयो। विवाद हुँदै गर्दा प्रहरीले उनलाई गाडीमा हाल्यो। तर सडकमा रहेका ती सर्वसाधारण भुटानबाट आएर हाम्रो देश बेच्ने भन्दै आक्रोशित मुद्रामा बोलिरहे।
रिजाललाई प्रहरीले गाडीमा हालिसकेपछि ती सर्वसाधारण अझै झोँक्किएर भने, ‘हाम्रो देश बेचिएको छ। तपाईं भुटानबाट आएर देश बेच्ने। देश बेचेर उल्टै ठूला कुरा गर्ने। हामीले बाटोमा कुरा गर्न नपाइने हो, कुरा गर्ने हाम्रो अधिकार हो? सडकमा कुरा गरेर बस्दा निहुँ खोज्न आउँदा रहेछन् देश बेचुवा।’
प्रतिक्रिया