ad ad

कला


अभिनेत्री परिणिती चोपडा र सांसद राघव चड्ढाले गरे ‘इन्गेजमेन्ट’

अभिनेत्री परिणिती चोपडा र सांसद राघव चड्ढाले गरे ‘इन्गेजमेन्ट’

परिणिती र राघवले राति ९ बजे सेयर गरेको तस्बिर।


नेपालखबर
बैशाख ३१, २०८० आइतबार १४:१, काठमाडौँ

अभिनेत्री परिणिती चोपडा र आम आदमी पार्टीका सांसद राघव चड्ढाले शनिबार (मे १३) साँझ ‘इन्गेजमेन्ट’ गरेका छन्।

राति करिब ९ बजे परिणिती र राघवले आफ्नो इन्गेजमेन्ट फोटो सेयर गरेका छन्।

तस्बिर सार्वजनिक हुनेबित्तिकै नेतानगरीसँग आबद्ध सेलिब्रेटीलगायतले जोडीलाई नयाँ जीवन सुरु गरेकोमा बधाई दिइरहेका छन्।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यो जोडीलाई विशेष ढंगले इन्गेजमेन्ट गरेकामा बधाई दिएका छन्।

सामाजिक सञ्जालमा राघव र परिणितीसँगको तस्बिर सेयर गर्दै मुख्यमन्त्री अरविन्दले लेखेका छन्, ‘जीवनको यो नयाँ यात्राको सरुवातमा तपाईं दुवै सधैं खुसी रहनोस्। भगवान्‌ले बनाएको तपाईंहरूको सुन्दर जोडी सधैँ रहिरहोस्।’

पहिलो तस्बिरमा अरविन्द केजरीवालले राघव चड्ढालाई अँगालो हालेका छन्।

दोस्रो तस्बिरमा अरविन्द केजरीवाल र उनकी श्रीमती सुनिता परिणितीका आमाबुवा र बहिनी प्रियंकालाई भेटिरहेका छन्।

तेस्रो तस्बिरमा  अरविन्द आफ्नी श्रीमती र बच्चाहरूसँग पोज दिइरहेका छन्। अरविन्द केजरीवालसँगको जोडीका यी तस्बिर अहिले सामाजिक सञ्जालमा चर्चामा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .