ad ad

कला


शक्ति कपूर कोठाबाट नाङ्गै निस्किएपछि सुरु भयो गोविन्दाको खराब समय !

शक्ति कपूर कोठाबाट नाङ्गै निस्किएपछि सुरु भयो गोविन्दाको खराब समय !

नेपालखबर
बैशाख २०, २०८० बुधबार १२:२५, काठमाडौँ

बलिउड अभिनेता गोविन्दाले शक्ति कपूरसँग धेरै फिल्ममा काम गरेका छन्।

उनीहरूको सम्बन्ध पर्दामा मात्रै होइन, पर्दाबाहिर पनि उत्तिकै सशक्त छ। उनीहरूका धेरै किस्साको बलिउडमा चर्चा पनि हुने गरेको छ।

एक पटक शक्ति कपूरले आफू साइड एक्टर हुँदा गोविन्दाले आफूलाई सहयोग गरेको बताएका थिए। जब शक्तिलाई कसैले बुझेका थिएनन् तब गोविन्दाले उनलाई करियरमा अगाडि बढ्नको लागि समर्थन गरेका थिए।

हालै उनले शक्तिसँगका पुराना घटना स्मरण गरेका छन्।

द कपिल शर्मा शोमा पुगेका गोविन्दाले शक्ति कपूरसँग सम्बन्धित एक रोचक किस्सा साझा गरे। उनकाअनुसार शक्तिसँग बसेर उनले एकपटक धेरै मदिरा सेवन गरे।

दुवैको कतै निस्किने योजना थियो। शक्तिको कोठाबाहिर गोविन्दा पर्खिरहेका थिए। उनले सोचेका थिए राम्रो लुगा लगाएर चिटिक्क परेर आउनेछन् शक्ति। तर भइदियो ठीक विपरीत।

जब शक्ति कोठाबाट निस्किए उनको शरीरमा कुनै लुगा थिएन। मदिराले लठ्ठ शक्ति नाङ्गै बाहिर आए।

गोविन्दा भन्छन्, 'शक्तिलाई यस्तो अवस्थामा देखेपछि मेरो खराब समय सुरु भयो।'

तर सिंगो बलिउड उद्योग गोविन्दाको विरुद्धमा थियो त्यतिबेला उनका एक्ला सहयोगी थिए शक्ति कपूर। केही दिनअघि गोविन्दाले बलिउड उद्योगबारे टिप्पणी गर्दै भनेका थिए, 'जब मलाई बलिउडमा कसैले साइन गर्दैन थिए। मानिसहरूले जानाजान मलाई पछाडि धकेल्न खोजिरहेका थिए, त्यो खराब समयमा मेरो साथमा साथी शक्ति कपुर आए।’

गोविन्दाले शक्ति कपूरसँग ४२ फिल्ममा सँगै काम गरेका छन्।

दुवैले पहिलो पटक सन् १९८७ मा आएको फिल्म ‘मरते दम तक’मा सँगै काम गरेका थिए । पहिलो फिल्ममा काम गरेदेखि नै यी दुई मिल्ने साथी भएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .